Comments Add Comment

‘एनआरएन मन्त्रालय’ गठन गर्न गैरआवासीय नेपालीको माग

२६ असोज काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) हरुले आफ्ना लागि छुट्टै मन्त्रालय गठनको गठन गर्नुपर्ने माग गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको ‘एनआरएन डेक्स’ले एनआरएनका सम्पूर्ण समस्याहरुको समाधान गर्न नसकेको भन्दै छुट्टै मन्त्रालयको माग गरेका हुन् । एनआरएन दिवसका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी गैर आवासीय नेपालीहरुले अलग्गै ‘एनआरएन मन्त्रालय’ गठनको प्रस्ताव गरेका हुन् ।

 पोखरेलले कार्यक्रममा अलग्गै मन्त्रालयको प्रस्ताव गर्दै भने- ‘नेपालमा लगानीका लागि अनुमति लिन समस्या भएकाले अलग्गै मन्त्रालय आवश्यक छ’ पोखरेलले भने -‘हामी यही फोरममा एनआरएन मन्त्रालय गठन गर्न सरकारसँग माग गर्दछौं ।

एनआरएनका लागि नेपाल सुरक्षित भूमि भएकाले आफूहरु यहीँ लगानी गर्न तत्पर रहेको पोखरेलले बताए । माइक्रोसफ्ट, गुगल, एप्पललगायत विश्वका ठूला कम्पनीमा गैरआवासीय नेपालीहरुको संलग्नता रहेको उनले जानकारी दिए ।

तत्काल छुट्टै मन्त्रालय सम्भव छैन : पूर्व राजदूत शर्मा

अमेरिकाका लागि नेपालका पूर्वराजदूत डा. शंकर शर्माले एनआरएनले छुट्टै मन्त्रालयको माग गर्नु स्वभाविक भए पनि तत्काल यो संभव नहुने बताए ।

‘उहाँहरुले माग गर्नु अस्वभाविक होइन, तर यो तत्काल संभव हुने मैले देखेको छैन’ अनलाइनखबरसँगको कुराकानीमा शर्माले भने, यद्यपि अब यो बहसको विषय बनेको छ ।’

सीप र पुँजी लिएर नेपाल फर्कने प्रतिवद्धता

एनआरएनका प्रतिनिधिले आफूहरु विदेशमा कमाएको सीप र पुँजी लिएर स्वदेश फर्किन उत्साहित भएको बताएका छन् ।

एनआरएन दिवस मनाइरहेको संघले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो । एनआरएन दिवसका अवसरमा भएको साताव्यापी कार्यक्रममा नेपाल सरकार र यहाँका राजनीतिक दलहरुले गरेको प्रतिवद्धताले आफूहरु थप उत्साही भएको संघले जनाएको छ ।

‘एनआरएन सीप र पुँजी लिएर नेपाल फर्किन प्रोत्साहित भएको विश्वास दिलाउन चाहन्छौं’ जारी विज्ञप्तिमा भनिएको छ -‘प्रधानमन्त्री, राजनीतिक दल र उच्च सरकारी अधिकारीबाट आएको प्रतिवद्धताले हामी उत्साहित भएका छौं, अब व्यवहारिक कार्यान्वयन भएको हेर्न चाहन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment