+
+

सिडिएस तत्काल पूर्णरुपमा सञ्चालन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २७ गते ११:४५

२७  असोज काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले तत्काल सिडिएस एन्ड क्लियरिङ लिमिटेड पूर्ण रुपमा सञ्चालन गर्न माग गरेको छ । सिडिएस सञ्चालन हुन ढिला हुँदा लगानीकर्ताको उत्साह घट्दै गएको बताउँदै फोरमले यस्तो माग गरेको हो ।

फोरमका अध्यक्ष राजकुमार तिमल्सीनाले विज्ञप्ती जारी गरी सिडिएसकोे विनिमयमावलीमा भएको व्यवस्था बमोजिम अनिवार्य रुपमा तोकिएकै समय सीमा भित्र सिडिएस कार्यान्वयन गर्न गराउनको लागि कडा भन्दा कडा निर्देशन जारी गर्न माग गरेका छन् ।
विगत तीन वर्षदेखि सञ्चालनमा आएको सिडिएसले हालसम्म सिडिएस कार्यन्वयन गर्न नसकेको फोरमको ठहर छ ।

‘२०७१ बैशाख २ गते डिम्याट भएको सेयरको कारोबार भई सिडिएस प्रणालीमार्फत राफसाफ भइसकेपनि सिडिएस पूर्णरुपमा सञ्चालन हुन भने सकेको छैन’ विज्ञप्तीमा भनिएको छ  ।

सिडिएस विनियमावली २०६७ मा भएको व्यवस्था बमोजिम उक्त कारोबार भएको मितिले ६ महिना भित्र अनिवार्य रुपमा डिम्याट भएका शेयरहरु मात्र कारोबार गर्न पाईने व्यवस्था विद्यमान भएको फोरमले स्मरण गराएको छ ।

सिडिएसले केही दिन अघि आगामी कात्तिक २ गतेसम्ममा सबै सूचीकृत कम्पनी सिडिएसमा आवद्ध भइसक्नुपर्ने भन्ने यसअघिको व्यवस्थाको समयावधि थप गर्न धितोपत्र बोर्डलाई पत्राचार गरेको थियो । सिडिएसको उक्त पत्राचारप्रति फोरमको ध्यानाकर्षण भएको हो ।

‘आफैले तयार गरि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त विनियम कार्यन्वयन गराउन लागि पहल गर्नुपर्नेमा एक्कासी समय थपको लागि नेपाल धितोपत्र बोर्डलाई लेखि पाठाउनु र नेपाल स्टक एक्सचेञ्जले पनि सिडिएसमा दर्ता हुन बाँकी थप कम्पनीहरुलाई दिएको समय सीमा समाप्त भइसक्दा पनि अन्य कारबाही प्रकृया अगाडि नबढाउँदा आम लगानीकर्ता निरुत्साहि तभएका छन’ विज्ञप्तीमा उल्लेख छ ।

नेपाल स्टक एक्सचेञ्ज विमिन्न मितिमा निर्देशन जारी गरि असोज २२ गतेदेखि ‘क’ वर्गका बाणिज्य बैकहरुको र कार्तिक २ गते देखि अन्य सुचिकृत कम्पनीको अनिवार्य रुपमा डिम्याट भएका शेयरहरुको मात्र कारोबार गर्ने जनाएको थियो । नेप्सेको निर्देशनसँगै अव सिडिएस कार्यन्वयन हुने विश्वासका साथ उत्साहित हुँदै डिम्याट खाता खोलेको फोरमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?