२७ असोज, काठमाडौं । संविधानका विवादित विषय जसरी पनि मिलाउने दाबी गरिरहेका प्रमुख तीन दलवीच सोमबार संघीयताबारे छलफल नै हुन सकेन ।
संविधानका विवादित विषयमा छलफल गर्न सिंहदरबारमा सोमबार दोस्रो दिन प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसेको थियो । तर, संघीयताबारे बैठकमा छलफल नै भएन ।
सोमबारको बैठकमा कांग्रेस र एमालेका शीर्षनेताहरु समयमा नआएपछि संघीयताबारे छलफल नभएको सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
एमाले नेता अग्नि खरेलले अर्को बैठकका कारण आफू निकै ढीलो पुगेको र आफू पुगेपछि संघीयताबारे छलफल नभएको प्रतिक्रिया दिए ।
एमाले अध्यक्ष केपी ओली बैठकमा झण्डै दुईघण्टा ढीलो पुगेका थिए । माधवकुमार नेपाल बैठकमा उपस्थित नै भएनन् । उनी राजधानी बाहिर छन् । कांग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल मात्रै उपस्थित थिए ।
आइतबारको बैठकमा संघीयताबारे कांग्रेस र एमालेले ६ वा सात प्रदेशको प्रस्ताव गरेका थिए भने एमाओवादीले १० प्रदेशको प्रस्ताव गरेको थियो ।
एमाओवादीले सारोकारवाला पक्षसँग छलफल गर्दा सहमति भएमा १० प्रदेशको संख्यामा केही लचिलो हुने बताएको थियो ।
प्रतिक्रिया 4