+
+
Shares

१३ महिनापछि ओलीजीले प्रधानमन्त्री छाड्नुहुन्छ, देउवाजी आउनुहुन्छ : डा. खड्का

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:१६

२८ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘१३/१४ महिनापछि सम्माननीय प्रधानमन्त्री ओलीजीले छोड्नुहुन्छ र त्यसपछि हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी आउनुहुन्छ । यसमा कुनै शंका छैन । गठबन्धन रहन्छ, रहनुपर्छ भन्ने मान्यता मेरो पनि हो ।’

आउने सरकारले अपन्तव लिन सक्ने गरी र प्रतिफल दिने गरी नीति तथा कार्यक्रम लागू हुनुपर्ने उनले बताए । कस्तो नीति आयो भन्ने भन्दा महत्वपूर्ण कार्यान्वयनमा रहँदै आएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?