
२८ वैशाख, काठमाडौं । स्थानीय बजारमा कालो अंगुरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार कालो अंगुरको भाउ बढेको देखाएको हो ।
बजारमा हरियो र कालो गरी दुई प्रकारका अंगुर पाइन्छन् ।
लामो समयदेखि स्थिर रहेको कालो अंगुरको भाउ आज आइतबार थोकमा प्रतिकिलो ८६ रुपैयाँ बढेको हो । यसअघि शनिबार कालो अंगुर प्रतिकिलो २ सय ४० रुपैयाँमा किनबेच भइरहेको थियो । आज कालो अंगुरको भाउ प्रतिकिलो ३ सय २६ रुपैयाँ कायम छ ।
यस्तै हरियो अंगुरको मूल्य भने स्थिर छ । हरियो अंगुर प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
कालीमाटी बजारमा १७ फागुन २०८१ मा कालो अंगुर २ सय ५३ रुपैयाँदेखि २ सय ८० रुपैयाँसम्ममा किनबेच भएको थियो । हरियो अंगुर भने किलोको १ सय ५३ देखि १ सय ८० रुपैयाँसम्म थियो ।
यस्तै गत माघमा हरियो अंगुरको थोक मूल्य १ सय ९० देखि २ सय रुपैयाँ र कालो अंगुर २ सय ८० रुपैयाँमा किनबेच भएको थियो ।
गत पुसदेखि बजारमा अंगुर आउन थालेको थियो । त्यो बेला होलसेलमा अंगुर किलोको २ सय ५० देखि ३ सय ५० रुपैयाँसम्म थियो ।
प्रतिक्रिया 4