+
+
Shares

काउलीको मूल्य बढ्दा बन्दाको घट्यो

कालीमाटी बजारमा आज स्थानीय काउलीको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । यस्तै लोकल बन्दाको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १२:१३

२८ वैशाख, काठमाडौं । स्थानीय बजारमा काउलीको मूल्य बढ्दा अर्को तरकारी बन्दाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको मूल्य घटबढ भएको देखाएको हो ।

कालीमाटी बजारमा आज स्थानीय काउलीको मूल्य थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । यस्तै लोकल बन्दाको मूल्य प्रतिकिलो ५ रुपैयाँ घटेको छ ।

शनिबार स्थानीय काउली प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको थियो । आज आइतबार काउली प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै शनिबार बन्दा प्रतिकिलो १७ रुपैयाँमा किनबेच भएकोमा आज भने प्रतिकिलो १२ रुपैयाँमा कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?