Comments Add Comment

श्रीलंका भ्रमणको पहिलो अभ्यास खेलमा नेपाल पराजित

२९ असोज, काठमाडौं । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।

बुधबार भएको खेलमा नेपाल श्रीलंका पोर्ट अथोरिटीसँग ७४ रनले पराजित भएको हो । नेपाल नियमित कप्तान पारस खड्का र सोमपाल कामी विना मैदान उत्रिएको थियो ।

टस हारेर पहिले व्याटिङ थालेको श्रीलंका पोर्ट अथोरिटीले ४३ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । नेपालका बसन्त रेग्मीले चार विकेट लिए भने अमृत भट्टराई र भुवन कार्कीले समान २-२ विकेट लिए । मेहबुब आलम र सागर पुनले १-१ विकेट लिए ।

जवाफमा मैदान उत्रिएको नेपाल २५ ओभरमा ७९ रन जोड्दा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले २४, बसन्त रेग्मीले १२ र सागर पुनले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

मेहबुब आलमले ८ रन जोडे । शरद भेसवाकर ४, भुवन कार्की ३, नरेश बुढायर २ र विनोद भण्डारी र सुवास खकुरेलले समान १-१ रनमा आउट भए । अमृत भट्टराई १ रनमा अविजित भए भने शक्ति गौचनले खाता नै खोल्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment