Comments Add Comment

१६ बर्षपछि पार्वतीको फिल्ममा पुनरागमन

Prbati-adhikariकाठमाडौ । अभिनेत्री पार्वती अधिकारीको १६ वर्षपछि नेपाली फिल्ममा पुनरागमन भएको छ ।

नृत्य निर्देशक राजु शाहको निर्देशनमा निर्माण भएको फिल्म ‘नमस्ते नेपाल’ वाट उनको पुनरागमन भएको हो । अन्य चलचित्रमा काम गर्ने वारेमा भने उनले कुनै प्रतिक्रिया दिएकी छैनन् ।

केही सिरियल र फिल्ममा अभिनय गरेकी पार्वती १६ वर्ष अगाडी कामको सिलशिलामा युरोप गएकी थिइन् । अहिले नमस्ते नेपालको सुटिङ बेल्जियमको विभिन्न शहरमा भइरहेको छ ।

निर्देशक शाहले यसअघि पनि बेल्जियममै गएर ‘सपनाको नौलो संसार’ सुटिङ गरेका थिए भने उक्त चलचित्रमा ऋचा घिमिरे र दिलीप रायमाझीले मुख्य भुमिका निर्वाह गरेका थिए ।

पार्वतीका अतिरिक्त यस चलचित्रमा नरेन्द्र थापा, कमला दाहाल र सुमन कुमार बैरागीले पनि अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment