Comments Add Comment

युएईमा सवारी दुर्घटनामा नेपालीको मृत्यु

murali khadkaअबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई)को अबुधाबीस्थित सीएनआइए कम्पनीमा कार्यरत एक मजदुरको बुधवार मृत्यु भएको छ ।

बुधवार बिहान आफ्नो डिउटी जाने क्रममा सवारी दुर्घटनामा नुवाकोटका मुरली खड्काको मृत्यु भएको हो । अन्दाजी ४२ बर्षीय मृतक खड्का बिगत ६ बर्षदेखि सो कम्पनीमा कार्यरत थिए ।

बिहान ६ बजेबाट ग्यास र पेट्रोल उत्पादन खानीहरुमा चेकजाचको लागि उनी गाडीमा डिउटी गएका थिए । मृतक खड्का गाडीको अगाडी दाहिनेपट्टि बसेका थिए भने अरबीले गाडी चलाएका थिए । मृतकका साथी लोकेन्द्र शाहीका अनुसार गाडी चालक अरबी नागरिकको ढाड भाचिएको छ ।

तीब्र गतिमा रहेको उक्त गाडीले अगाडी गुड्दै गरेको ट्रलीलाई उछिनेर जाने क्रममा नियन्त्रण गर्न नसक्दा बिपरित दिशाबाट आएको लहरीमा ठोक्किन पुगेको थियो । खड्काको घटनास्थलमा नै मृत्यु भएको हो ।

अहिले मृतकको शबलाई युएईस्थित मदिना जाएद अस्पतालमा राखिएको छ । चाडै शब नेपाल लैजाने प्रक्रिया अगाडी बढाउन सहयोग गर्ने तथा मृतकको परिवारले पाउने क्षतिपूर्र्तिमा सहजताका दिलाउने आश्वासन कम्पनीबाट पाएको उक्त कम्पनीमा कार्यरत नेपालीहरुका कमान्डर सचिन शाही बताए ।

सो कम्पनीमा झण्डै आठ सय जना नेपाली कार्यरत छन् । मृतकको श्रीमती दुई छोरी र एक छोरा छन् ।

नवराज बस्नेतबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment