+
+

स्वचालित मुल्यले बेतिथि बढाएको पेट्रोलियम व्यवसायीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते १६:५६

३० असोज, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स एसोसिएसनले सरकारले गत असोज १४ गतेदेखि लागू गरेको पेट्रोलियम पद्धार्थको स्वचालित मुल्य प्रणालीले बेतिथि बढाउनुका साथै बजारलाई अस्तव्यस्त बनाएको दाबी गरेको छ ।

मुल्य निर्धारण गर्दा त्रुटिपूर्ण भएको, नेपाल आयल निगमले खुद्रा बिक्री मुल्य हालसम्म उपलब्ध नगराएको र गराउँदा पनि स्वचालित मुल्य प्रणालीका आधारमा व्यवहारीक पक्षलाई ध्यानमा दिन नसकेका कारण असहज परिस्थिति उत्पन्न भएको एसोसिएसनले आरोप लगाएको छ ।

एशोसियसनले खुद्रा बिक्री मूल्य निर्धारण गर्दा व्यवहारीक पक्षलाई ध्यानमा नदिई व्यवसायीको चरित्र हत्या गर्ने काम भएकाले त्यस्को जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ । यस्ले समस्त व्यवसायीको कारोबारमा अवरोध देखिएकाले सरकार यसतर्फ सम्वेदनशील बन्नुपर्ने व्यवसायीको सुझाव छ ।

एशोसिएसनले वाणिज्य विभागले बजार अनुगमन गर्दा पेट्रोल पम्पहरुले ठगी गरेको भन्ने भ्रामक समाचार फैलाएको भन्दै त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?