Comments Add Comment

सामुदायिक प्रहरीको भवनलाई एनआरएन उपाध्यक्षको सहयोग

काठमाडौ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष टीबी कार्कीले सामुदायिक भवन निर्माणका लागि एक लाख १ हजार १ सय १ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

काठमाडौ इचंगुनारायण-६ मा रहेको सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणका लागि कार्की र उनकी पत्नी सजनी कार्कीको तर्फबाट सहयोग प्रदान गरिएको हो ।

सोही सामूदायिक भवनमा आयोजित एक कार्यक्रमकाबीच सेवा केन्द्रका अध्यक्ष प्रताप दानीलाई एनआरएन उपाध्यक्ष कार्कीले रकम हस्तान्तरण गरेका थिए । कार्कीले सोही ठाउँका बासिन्दा भएकाले पनि सेवा केन्द्र सहयोग गरेकोले बताए ।

सामूदायिक भवनका अध्यक्ष दानीले कार्कीलाई खादा ओडाएर सम्मान गर्दै निरन्तर सहयोगको अपेक्षा राखेको बताए । सरकारले प्रहरी र जनताको सहकार्यमा स्थानीय स्तरमा सामूदायिक प्रहरी सेवा केन्द्रहरु संचालनमा ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment