३० असोज, रौतहट । रौतहटको चन्द्रपुर जारी बियाग कप यू-१७ महिला फुटवलको सेमिफाइनल समिकरण पुरा भएको छ ।
बिहीबार अन्तिम चारमा स्थान पक्का गरेका काठमाडौं र झापाले शनिवार पहिलो सेमिफाइनल खेल्नेछन् ।
अखिल नेपाल फुटवल संघ एन्फा र प्लान इन्टरनेशनलको आयोजना भइरहेको प्रतियोगिताको अर्को सेमिफाइनलमा स्थानीय आयोजक रौतहट र ताप्लेजुङवीच प्रतिस्पर्धा हुनेछ ।
बिहिवार सेमिफाइनल यात्रा तय गर्दा काठमाडौले नवलपरासीविरुद्ध १-० को जित निकाल्यो ।
झापाले ‘भाग्यमानी’ टीमको रुपमा रौतहट बसाई लम्ब्याएको छ । झापा ४ अंकसहित समूह सीको शीर्ष स्थानमा रहंदै अघिल्लो चरणमा पुगेको हो ।
प्रतिक्रिया 4