Comments Add Comment

आइप्याड एयर-२ र मिनी-३ सार्वजनिक, अझै पातलो र तिब्र

ipad-air-2_tim-cookएप्पलले आइप्याडका दुई नयाँ भर्सन बजारमा ल्याएको छ । नयाँ पुस्ताको आइप्याडका रुपमा ब्याख्या गरिएकोे ‘आइप्याड एयर २’ सँगै एप्पलले आइप्याड मिनीलाई अपग्रेड गरी ‘आइप्याड मिनी ३’ पनि सार्वजनिक गरेको छ ।
ट्याबलेटको बजारमा यो सबैभन्दा पातलो भएको एप्पलको दावी छ । एप्पलले सार्वजनिक गरेका दुई मोडल अघिल्ला मोडलभन्दा पातलो र उच्च गतिको रहेका छन् ।
आइप्याड एयर २ मोटाइ ६.१ मिलिमिटर छ । यसमा टच आईडी फिंगरप्रिन्ट सेन्सर पनि छ । यो ट्याबलेटको स्क्रीनमा एन्टी रिफ्लेक्टिङ कोडिङ पनि छ । जुन पहिलो पटक कुनै पनि ट्याबलेटमा देख्न पाइन्छ ।

ipad-air-2_new-3यसमा ए ८ एक्स प्रोसेसर छ, जुन आइफोनको नयाँ संस्करणमा पनि राखिएको छ ।
एप्पलले आफ्नो सानो ट्याबलेटको श्रेणीमा आइप्याड मिनी ३ ल्याएको छ । यसमा पनि फिंगरप्रिन्ट सेन्सर छ ।
तर, यसमा प्रोसेसर ए ७ छ, जुन पुरानो हो । यसको पछाडि कम रिजोल्यूशनको क्यामेरा छ ।
ब्याट्री लाइफका सन्र्दभमा भने आइप्याडका सवै भर्सनमा एउटै मापदण्ड छ । यदि वाईफाइमा चलाउनुहुन्छ भने १० घण्टा र सेलुलर डाटा चलाउनुहुन्छ भने ९ घण्टा ।
नयाँ भर्सन आएपछि आइप्याडको विक्री बढ्छ वा बढ्दैन यसमा धेरैले प्रश्न उठाएका छन् । मार्केट रिसर्च कम्पनी आईडीसीका एक अधिकारीका अनुसार ठूलो आइफोन बजारमा आएपछि आइप्याड मिनीका लागि बजार खोज्नु पर्ने बताउँछन् ।
ipad-air-2_new-2एप्पलका मुख्य कार्यकारी अधिकारी टिम कुकले भने आगामी दिनमा ट्याबलेट बजार पर्सनल कम्प्युटरको बजार कब्जा गर्ने बताउँछन् । आईबीएमसँग भएको सम्झौतातर्फ इंगित गर्दै उनले आइप्याडको विक्री बढ्ने बताउँछन् ।
एप्पलको तथ्यांकका अनुसार कम्पनीले अपि्रलदेखि जुन महिनासम्म तीन महिनाको अबधिमा  कुल एक करोड ३ लाख आइप्याड विक्री भएको छ । यो बिक्रि सन् २०१३ को तुलनामा ९ प्रतिशत कम हो ।
यही अबधिमा आइफोन र म्याक कम्प्युटरको विक्री भने बढेको छ ।

-बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment