Comments Add Comment

सहकारीलाई उत्पादनमा केन्द्रीत गर्न नीतिगत र बजेट व्यवस्था गर्नुपर्ने

sahakari-Progrmme

२ कात्तिक सिमरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीहरुको संगठन र पूँजीलाई उत्पादनमा केन्द्रीत गर्न राज्यले नीतिगत र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

गढीमाई नगरपालिकाको सिमरामा रहेको प्रभातफेरी दुग्ध उत्पादक सहकारी संस्थाको दोस्रो वाषिर्क साधारणसभाको उदघाटनका क्रममाा पौडेलले यस्तो बताएका हुन् ।

कृषिप्रधान मुलुकमा कृषिमा परनिर्भरता बढदै गएको र गत वर्ष झण्डै एक खर्वको खाद्यसामाग्री आयात गर्नुपरेको बताउदै उनले यो बेथितिलाई रोक्न राज्य र सहकारी क्षेत्रको सहकार्य जरुरी रहेको बताए ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. नारायण श्रेष्ठले दैनिक रुपमा एक लाख लिटर दुध आयात गर्नुपरिरहेको बताउदै यसलाई रोक्न सम्पूर्ण कृषकहरु गम्भिर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment