+
+

कोरियामा लुकेका खेलाडीलाई १० वर्षे प्रतिवन्ध

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २ गते १८:३४

२ कात्तिक, काठमाडौं । १७ औं एसियाली खेलकुदका लागि दक्षिण कोरियामा पुगेर त्यही लुगेका खेलाडीहरुमाथि १० वर्षे प्रतिवन्ध लागेको छ ।

Tilakram-tharu
तिलकराम थारू

एशियाली खेलकुद प्रतियोगिता कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले देशकै बइजत हुने गरी भाग्ने खेलाडीहरुलाई प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

एथ्लेटिक्सका तिलकराम थारु, सेपाकताक्रोका अमन पोडे, उसुका सोमवीर तामाङ र निराजन आले कोरियामा लुगेका छन् ।

बैठकले भागेका खेलाडीहरुको प्रशिक्षक र ब्यवस्थापकहरुलाई १ बर्षको निलम्बन गरी विभागिय कार्यवाही गर्न राष्ट्रिय खेलकुद परिषदलाई सिफारिस गरेको छ ।

खेलाडी भागेका राष्ट्रिय संघहरुसँग स्पष्टिकरण माग गर्ने निर्णय भएको कार्य सम्पादन समितिका सचिव चुडामणी पौडेलले जानकारी दिएका छन् ।

कार्यसम्पादन समितिले खेलकुदमा देखिएको विवाद, कमी कमजोरी, समस्या हल गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयलाई पहल गर्न पत्राचार गर्ने निर्णय गरेको छ ।

साथै १७ औं एशियाली खेलकुदको अध्यन अनुसन्धानका क्रममा आएका प्रतिवेदन र संसदको लेखा समिति अन्तर्रगत खेलकुद उपसमितिको प्रतिवेदनलाई आधार बनाई खेलकुद पुनःसंरचनाका लागि कार्य योजना बनाउने निर्णय भएको छ ।
०००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?