Comments Add Comment

भारतबाट नेपाल फोन गर्दा लाग्ने शुल्क घट्यो

२ कार्तिक, काठमाडौं । भारतीय सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी बिएसएनएलले नेपालमा टेलिफोन गर्दा लाग्ने महशुल ३५ प्रतिशतले घटाएको छ ।

talking-on-phoneप्रधानमन्त्री कार्यालयले छिमेकी मुलुकमा गर्ने टेलिफोन शुल्क महंगो भएको विषय टेलिकम डिपार्टमेन्टमा उठाएपछि महशुल घटाइएको हो ।

बिएसएनएलले भारु १८ रुपैयाँको विशेष ट्यारिफ भौउचर जारी गरेको छ । जसबाट नेपालमा टेलिफोन गर्दा ६ रुपैयाँ ५० पैसा भारु प्रतिमिनेट तिरे पुग्नेछ ।

भारतीय सञ्चारमाध्यम दी इकोनमिक टाइम्सका अनुसार अहिलेसम्म सामन्यतया नेपालमा फोन गर्दा प्रतिमिनेट १० रुपैयाँ लाग्ने गरेको थियो । निजी सेवा प्रदायकहरुले प्रतिमिनेट १२ रुपैयाँसम्म लिने गरेका थिए ।

बिएसएनएलले साढे ६ रुपैयाँमा फोन गर्न दिँदा ५० पैसामात्र नाफा हुने बताएको छ । कम्पनीका अनुसार बाँकी सबै रकम कर, टर्मिनेसन चार्ज, स्पेक्ट्रम शुल्कमा खर्च हुने छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा संसदलाई सम्बोधन गर्दै दुई देशबीच महंगो शुल्कका कारण टेलिफोन गर्न समस्या पर्ने गरेको बताएका थिए । शुल्क घटेसँगै भारतमा रहेका नेपालीहरुलाई स्वदेशमा रहेका आफन्तलाई फोन सम्पर्क गर्दा ठूलो राहत मिल्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment