Comments Add Comment

टेलिकमले बागमती किनारमा उद्यान बनाउने

Bagmati---Nt-Agree-
काठमाडौं । नेपाल टेलिकमले बागमती नदीको कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको दुबैतर्फको किनारामा हरियाली उद्यान निर्माण गर्ने भएको छ । यस सम्बन्धमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिसँग सोमबार टेलिकमले सम्झौता गरेको छ ।

टेलिकमको केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा भएको सम्झौतामा टेलिकमका निमिक्त प्रबन्ध निर्देशक मधुसूदन कर्माचार्य र समितिका सदस्य सचिव राजेशप्रसाद सिंहले सम्झौता गरेका छन् ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै टेलिकमा निमित्त प्रबन्ध निर्देशक कर्माचार्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती नदीको स्वच्छता र सुन्दरता वृद्धिमा सहयोग पुर्‍याउन उद्यान निर्माण गर्न लागेको बताए ।

बाग्मती सभ्यता एकीकृत विकास समितिका सदस्य सचिव सिंहले कम्पनीको सहयोगका लागि धन्यवाद प्रदान गरे ।

टेलिकमले कोटेश्वर पुलदेखि मनोहरा पुलसम्मको ९ सय २० मिटर लम्बाइ र औषत ९ मिटर चौडाइको करिव १६ रोपनी क्षेत्रफलमा हरियाली उद्यान निर्माण गरी आगामी ५ वर्षसम्म सञ्चालन तथा रेखदेख गर्नेछ ।

टेलिकमले बाग्मती नदिको स्वच्छता र सुन्दरता वृद्धिका लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आइरहेको छ । गत वर्ष दशौं वाषिर्कोत्सवको अवसरमा बाग्मती सफाई महाअभियानमा सरिक भई बाग्मती नदी सफाई गर्नुको साथै सफाइमा प्रयोग हुने विभिन्न सामग्रीहरु टेलिकमले प्रदान गरेको थियो ।

यसैगरी, बाग्मती सफाई अभियान सुरु भएको दोस्रो हप्तादेखि सर्वसाधारणलाई सफाई अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट हरेक हप्ता एक लाख भन्दा वढी एसएमएस प्रेषित गरेर योगदान पुर्‍याउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment