+
+
Shares

बी-गाउस कन्टेन्ट क्रिएटर च्यालेन्जकी विजेता खत्रीलाई स्कुटर प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ७ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अग्नि मोटोरिङले ‘कन्टेन्ट क्रिएटर च्यालेन्ज’की विजेता हृतिका खत्रीलाई नयाँ बी-गाउस सी १२ आईईएक्स स्कुटरको चाबी हस्तान्तरण गरेको छ।
  • हृतिका खत्रीले बुवाका लागि स्कुटर जित्ने चाहना व्यक्त गर्दै तयार पारेको भावनात्मक रिलका आधारमा विजेता घोषित भएकी हुन्।
  • कम्पनीले खत्रीसँग आगामी एक वर्ष बीगाउससँग सम्बन्धित कन्टेन्ट निर्माणमा सहकार्य गर्ने जनाएको छ।

७ असोज, काठमाडौं । अग्नि समूहअन्तर्गतको अग्नि मोटोरिङले नेपालमा बी-गाउस स्मार्ट ई–स्कुटरको आधिकारिक वितरकका रूपमा आयोजना गरेको ‘कन्टेन्ट क्रिएटर च्यालेन्ज’को विजेता घोषणा गरेको छ।

च्यालेन्जमा हृतिका खत्री विजेता बनेकी छन्। उनले आफ्ना बुवाका लागि स्कुटर जित्ने चाहना व्यक्त गर्दै तयार पारेको भावनात्मक रिलले दर्शकको ध्यान आकर्षित गरेपछि उनलाई विजेता घोषणा गरिएको कम्पनीले जनाएको छ।

गत ११ देखि १६ अगस्टसम्म आयोजित नाइमा २०२६ को अवसरमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको विजेतालाई विशेष कार्यक्रमबीच पुरस्कार हस्तान्तरण गरिएको छ।

उत्तरीढोकास्थित बी-गाउस शोरुममा आयोजित कार्यक्रममा अग्नि मोटोरिङका अधिकारी तथा खत्रीका परिवारका सदस्यहरूको उपस्थितिमा उनलाई नयाँ बी-गाउस सी १२ आईईएक्स स्कुटरको चाबी हस्तान्तरण गरिएको थियो । उक्त स्कुटरको मूल्य २ लाख ३३ हजार १ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार कन्टेन्ट क्रिएटर च्यालेन्जमार्फत बी–गाउस ब्रान्डसँग उपभोक्ताको भावनात्मक सम्बन्ध र समुदायसँगको जोडलाई प्रस्तुत गर्ने प्रयास गरिएको थियो।

विजेता खत्रीसँग आगामी एक वर्ष बीगाउससँग सम्बन्धित कन्टेन्ट निर्माणमा सहकार्य गर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?