+
+
Shares

बाग्लुङमा डिक्सनेरी बैंक तथा बालमैत्री पुस्तकालय स्थापना

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ५ गते १५:१५

library & bank५ कात्तिक, बाग्लुङ । मातृभूमीका लागि युवा अभियान नेपाल र अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको सहयोगमा युवा विकासमा केन्द्रित रोट्रयाक्ट क्लब अफ काठमाडौं र सोलिडारिटी नेपालले बाग्लुङ जिल्लाको बिकट गाविस सल्यानमा डिक्सनेरी बैंक तथा बालमैत्री पुस्तकालय स्थापना गरेको छ ।

बाग्लुङमा आयोजित एक कार्यक्रमकाबीच धौलागिरी विद्दालयमा १५० डिक्सनेरी सहितको डिक्सनेरी बैंक तथा एक पुस्तक सहितको बालमैत्री पुस्तकालय स्थापना गरिएको हो । साथै सो अवसरमा अति गरीब तथा जेहेन्दार विद्यार्थीलाई होप छात्रवृत्तिबाट समेत सम्मान गरिएको थियो ।

कार्यक्रम सोलिडारिटी नेपाल तथा रोट्रयाक्ट क्लब अफ काठमाडौंका अध्यक्ष एवम् मातृभूमीका लागि युवा अभियान नेपालका केन्द्रिय सदस्य जयन्द्र गौतम, बिभिन्न विद्दालयका प्रधानअध्यापक, शिक्षकशिक्षिका, समाजसेवी, अभिभावक एवम् विद्यार्थीको उपस्थितिमा सम्पन्न गरिएको हो ।

साथै कार्यक्रमकाबीचमा डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन गर्न सोलिडारिटी नेपालका अध्यक्ष राजेन्द्र गौतमको संरक्षकत्व तथा जीवन शर्मा अध्यक्ष रहेको ११ सदस्यीय डिक्सनेरी बैंक तथा पुस्तकालय ब्यवस्थापन समिती गठन गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै संरक्षक गौतमले विद्दालयले डिक्सनेरी बैंक तथा पुस्तकालयको उचित ब्यवस्थापन गर्नेमा आफू पूर्ण विश्वस्त रहेको जानकारी दिदै यसले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिगर्ने समेत जानकारी दिए । साथै आगामी दिनमा समेत विद्दालयको बिकासका निम्ती आफूले सक्दो पहल गर्ने बताउदै डिक्सनेरी बैंक तथा पुस्तकालय स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेकोमा मातृभूमीकालागि युवा अभियान नेपाल र सोलिडारिटी इन्टरनेशनललाई धन्यवाद प्रदान गरे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?