Comments Add Comment

चन्द्रमा अध्ययन गर्दै चिनिया यान

बेइजिङ । चीनले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान शुक्रबार प्रक्षेपण गरेको छ । चीनको दक्षिण पश्चिम सिचुआन प्रान्तस्थित शीचाङ्ग स्याटलाइट केन्द्रबाट सो अत्याधुनिक यान चन्द्रमामा प्रक्षेपण गरिएको हो ।

China-Lunar-Lander
फाइल फोटो

‘ल्यूनर अर्बिटर’ नाम गरेको सो यान ‘लङ्ग मार्च ३ सी’ रकेटमार्फत् प्रक्षेपण गरिएको हो ।

चन्द्रमा खोजयात्रा परियोजनाको तेस्रो अभियान अन्तरगत सो यान प्रक्षेपण गरिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । यो यानबाट बिभिन्न जानकारीहरु संकलन गरी ‘छाङ हो–५’ नामक चन्द्रयान पठाइने छ । यसलाई छाङ हो–५ चन्द्रयानको प्राविधिक परीक्षणको रुपमा लिइएको छ ।

यो मिसन पूरा गर्न करिब ८ दिन लाग्ने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।

शुक्रबार प्रक्षेपण गरिएको ‘ल्यूनर अर्बिटर’ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरिसकेको छ । यसमा प्रयोग गरिएका अधिकांश प्रविधि छाङ हो–५ नामक चन्द्रयानमा प्रयोग गरिने छ । निकट भविष्यमा पठाइने छाङ हो–५ चन्द्रयान सन् २०१७ मा पृथ्वीमा फर्किने चिनियाँ बैज्ञानिकहरुले बताएका छन् ।

यसअघि चीनले सन् २००७ मा पहिलोपटक ‘छाङ हो–१’ चन्द्रमामा पठाएको थियो । गत बर्ष डिसेम्बर महिनामा पनि यस्तै चन्द्रयान चीनले चन्द्रमामा पठाएको थियो ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment