Comments Add Comment

एकान्तपनाले बढाउँछ फेसबुकको लत

facebook
एकान्तपनाको अनुभुतिले मानिसलाई फेसबुक तर्फ आकषिर्त गर्ने एक नयाँ अध्ययनले देखाएको छ । एकान्तपना मन पराउने तथा एकलकाटे प्रवृत्तिका मानिसहरुले फेसबुकमा बढि समय बिताउने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका छन् ।
एकान्तप्रेमी मानिसहरु जो लजालु हुन्छन् र सामाजिक सपोर्ट पनि कम हुन्छ उनीहरु प्रत्यक्ष सम्पर्कबाट बनाउन नसकेको आफ्नो सामाजिक सीप तथा सामाजिक संजाल निर्माणका लागि फेसबुकको सहारा लिन पुग्छन् ।
अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका शोधकर्ता हेओन संगले यसअघिका विभिन्न अध्ययनहरुका तथ्यांक समेत विश्लेषण गरी फेसबुक र एकान्तपनाबीच सम्बन्ध रहेको निष्कर्ष निकालेका हुन् ।
शोधकर्ताहरुका अनुसार फेसबुकले मानिसहरुलाई एकलकाटे बनाउने होइन की एकलकाटे मानिसहरु सामाजिक सम्बन्ध सुधारका लागि फेसबुकको प्रयोगतर्फ आकषिर्त हुन्छन् ।
उनीहरुका अनुसार मानिसको एकान्तपना जति बढ्दै जान्छ उसले फेसबुक तथा अन्य सामाजिक संजाल र समग्रमा इन्टरनेटमा बिताउने समय पनि बढ्दै जान्छ ।
एकलकाटे मानिसहरुले फेसबुकमा बढि समय बिताउने गरेपनि फेसबुकले एकलकाटे पनामा कमी भने ल्याउन नसक्ने निष्कर्ष शोधकर्ताको छ ।
फेसबुकको प्रयोग र एकान्तपना बीचको सम्ब्न्ध सम्ब्न्धि यो अध्ययन कम्प्युटर्स इन ह्युमन बिहेवियर जर्नलमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment