Comments Add Comment

युरोपियन मुलुकका नेपाली कलाकारहरू एउटै मञ्चमा

10312460_10152859344166171_6848536800042093422_nबार्सिलोना । जर्मनी, नेदरल्याण्ड, डेनमार्क, ईटली र स्पेनका कलाकारहरुको सांगीतिक प्रस्तुतिलाई बार्सिलोनाबासी संगीत पारखीहरुले मुक्तकण्ठले प्रशंसा गरेका छन्। विदेशमा छरिएर रहेका यी कलाकारहरुले एउटै मन्चमा आफ्नो कला प्रस्तुत गर्दा मन जित्न सफल भएका हुन्।

कुसुमे रुमाल, रेशम फिरिरी, लहनाले जुरायो कि जस्ता नेपाली चर्चित गीतहरु गाउदा डेनमार्कबाट आएका गायक राजमान तामाङ्ले दर्शकको रोजाईमा पुन: दोहोर्रएर गाउनु पर्यो। गायनले मात्र नभई जर्मनीबाट आएकी कलाकार आश्मा कडेलले “मलाई पुगेन पुगेन यो बैशले” बोलको गितमा नृत्य गर्दा दर्शक दीर्घामा कोलाहल मच्चियो। दर्शकले हुटिङ गर्दै “वोन्स मोर वोन्स मोर” भनेपछि कडेलले पनि पुनः दोहोराएर नृत्य गरिन्।

ईनास ब्याण्डले गरेको लाईभ प्रस्तुति पनि अकर्षक बन्यो ।स्थानीय रुपमा नै ड्रम,गितार लगायत म्युजिकल सामग्री जुटाएर लाईभ प्रस्तुति गर्दा कलाकारहरुको निकै मिहिनेत देखिन्थ्यो । तुलसी शिवाकोटी, पुरुषोत्तम भट्टराई सुरज मैनाली, भरतराज न्यौपाने बिष्णु रानाभाट, प्रशान्त बानिया लगायतका कलाकारहरुले लाईभ म्युजिकको साथ प्रस्तुति राख्दा दर्शकको मन जिते । अनिनास सिंह,  संजय बिक्रम शाह,अभिषेक जंग राणा र बिपिन गुरुङ ड्रम र गितारमा थिए।

10749510_857640400936788_1009855898_nलाईभ प्रस्तुतिमा गैरी खेतको सिरै हान्यो,चरी मर्यो सिसैको गोलीले,परेलीमा लुकाई राख न बोलका गीतहरु घन्कदा सबै दर्शक दिर्घामा हौसिएर नाचे। कार्यक्रममा डेनमार्कका प्रशान्त राज बानिया, दुर्गा बराईली(जर्मनी), नेदरल्याण्डबाट सरिता हुमागाई र ईटलीका राधी क्षेत्री,प्रविन पौडेल लगायतका कलाकारहरुको प्रस्तुति राखेका थिए।

नेपालीहरुको महान पर्व शुभ दिपावलीको उपलक्ष्यमा बार्सिलोनामा सम्पन्न गरेको समाजको कार्यक्रमलाई स्थानीय कलाकारहरु तथा संघसस्थाहरुले पनि सहयोग गरेका थिए। कलाकार मन्च स्पेनकी  सुमी घिमिरे, तमु समाजबाट दिपा गुरुङ र नेवारी समाजको तर्फबाट नुरीया अवाले श्रेष्ठले प्रस्तुतिहरु राखे। सुबासबहादुर बिष्टले संचालन गरेको कार्यक्रम बालबालिकाहरुले गाएको रास्ट्रिय गानबाट शुरु हुदै  नेपाली समुदायमा परिचित कलाकारहरु सुस्मिता गिरी, दिव्या भण्डारी र सोनिया केसीको देउसी नृत्यमा आएर टुंगिएको थियो।

बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment