Comments Add Comment

गोबिन्दा अब खलनायक

govindaमुम्बइ । बलिउडका ‘हिरो नम्बर वान’ भनिने गोबिन्दा अब चाँडै खलनायकका रुपमा देखिने भएका छन् ।
हिन्दी फिल्म ‘किल दिल’ मा उनि रणबीर सिंह, अली जफर र परिणीति चोपडाको साथमा खलनायक बनेर अभिनय गर्दैछन् ।
गोबिन्दाले अभिनय सुरु गरेको २८ वर्ष भयो । २८ वर्षमा पहिलो पटक खलनायक बन्न लागेको विभिन्न भारतीय समाचार संस्थाले उल्लेख गरेका छन् ।
केही वर्ष अघि बनेको एन चन्द्रा निर्देशित फिल्म ‘शिकारी’ मा गोविन्दाले नकारात्मक भुमिका निर्वाह गरेका थिए । तर, गोबिन्दा ती फिल्ममा काम गरेकै आधारमा आफुलाई खलनायक मान्न नहुने बताउँछन् । ‘किल दिल बनेपछि मात्रै म पूर्ण रुपमा खलनायक हुन्छु ।’ उनले भने ।
‘किल दिल’ यशराज फिल्मको ब्यानरमा गोबिन्दाले पहिलो पटक काम गर्न लागेका हुन् । आफु खलचरित्र निर्वाह गर्न इच्छुक रहेपनि निर्देशकले हिरोनै बनाएको भन्दै गोबिन्दाले भने ‘मैले चाहे जस्तो रोल निर्वाह गर्न पाएकोमा असाध्यै खुसी छु ।’
त्यसो त यस खलनायकका रुपमा सम्झौता गर्नु अघि निर्देशक र गोविन्दाविच कुरा भएको थियो ।
‘तपाइ त हिरो हो, भिलेन बन्न सक्नु भएन भने के गर्ने ? निर्देशकले उनलाई सोधेका मात्रै थिए गोबिन्दाले तत्काल जवाफ दिए- ‘तीन दिनको सुटिङ हेर्नु, मेरो अभिनय चित्त बुझेन भने जे बहाना बनाएर निकाले पनि फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment