Comments Add Comment

अबदेखि युवा किसानलाई ऋणको व्याजदर ६ प्रतिशत मात्रै !

Agreeculture

११ कात्तिक काठमाडौं । युवा किसानहरूका लागि खुसीको खबर ।  अबदेखि तपार्इले बैंकबाट ६ प्रतिशत व्याजदरमै कर्जा पाउनुहुने भएको छ ।

अर्थमन्त्री डा. रामशरण महतले युवाहरुलाई कृषिमा आकषिर्त गर्न बजेटमार्फत व्याजलगायतमा अनुदान दिने घोषणा कार्यान्वयनमा आएसँगै युवा किसानले ६ प्रतिशतमै कर्जा पाउने भएका हुन् ।

अनुदान प्राप्त गर्नका लागि २१ वर्षदेखि ४५ वर्षसम्म युवाहरुले बैंकमा निवेदन दिनुपर्ने हुन्छ ।

सरकारले ‘युवाहरुलाई व्यावसायिक कृषि कर्जामा प्रदान गरिने व्याज अनुदानसम्बन्धी कार्यविधि २०७१’ कार्यान्वयनमा ल्याएको छ । मन्त्रीपरिषदले दशैंअघि पारित गरेको कार्यविधि नेेपाल राष्ट्र बैंकले सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो ।

केन्द्रीय बैंकले सोमबार नै बैंक तथा वित्तीय संस्थाहरुलाई कार्यविधि कार्यावन्वयन गर्न निर्देशनसमेत दिएको छ ।

कार्यविधिमा के छ ?

एकजना ग्राहकलाई बैंकले एक करोड रुपैयाँसम्म लगानी गर्न सक्ने र सावाँ तथा व्याज भुक्तानीको अवधि तीन महिनाको हुने कार्यविधिमा  उल्लेख छ ।

त्यसैगरी एक वाणिज्य बैंकले व्याज अनुदान पाउने गरी एक वर्षमा १ अर्ब रुपैयाँसम्म कर्जा दिन सक्ने छ । र, त्योभन्दा बढी हुनेगरी कुनै बैंकले कर्जा लगानी गरेको भए राष्ट्र बैंकमा सम्पर्क गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । हाल नेपालमा ३० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।

व्याज अनुदान दिइने कृषि कर्जाको भुक्तानी अवधि बढीमा ५ वर्ष हुने छ भने ऋणीले अनुदानबाहेकको रकम बैंकमा भुक्तानी गरेपछि मात्रै व्याज अनुदान पाउनेछन । अनुदानको व्याजदर सरकारले प्रत्येक वर्ष पुनरावलोकन गर्न सक्ने कार्यविधिमा उल्लेख छ ।

व्याज अनुदान दिने कर्जाको सदुपयोग नभएमा राष्ट्र बैंकले अनुदान दिने छैन । यदि दिइसकेको भए पनि फिर्ता गर्ने कार्यविधिमा उल्लेख छ ।

अनुदान प्रक्रिया

व्याज अनुदानस्वरुप प्रदान गरिने रकम उपलब्ध गराउने प्रयोजनका लागि सरकारले राष्ट्र बैंकमा ‘कृषि कर्जा व्याज अनुदान शोधभर्ना’ खाता खोल्ने छ । सो खातामा अर्थ मन्त्रालयले ५० करोड रुपैयाँ अगि्रम जम्मा गर्नेछ ।

उक्त रकमबाट राष्ट्र बैंकले व्याज अनुदान वितरण गर्ने छ । सो रकमले नपुगेमा आवश्यक रकम थप गर्ने कार्यविधिमा उल्लेख छ । बैंकहरुले व्याज अनुदानका लागि राष्ट्र बैंकसमक्ष निवेदन लेख्नु पर्नेछ ।

कार्यर्विधि बमोजिम कर्जा प्रवाह गरी सरकारबाट पाउनुपर्ने व्याज अनुदान बापतको रकमलाई पुँजी कोष अनुपात गणना गर्ने प्रयोजनका लागि सरकारमाथिको दावी सरह शुन्य प्रतिशत जोखिम भार प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।

बजेटमा के थियो ?

अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७१/०७२ को बजेटमा कृषि व्यवसाय गर्ने व्यवसायीलाई २ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने घोषणा गरेका थिए ।

Budged-agrelcutuler

अर्थमन्त्रीले व्याज अनुदानका लागि १ अर्ब, मासुजन्य उत्पादन वृद्धिका लागि १ अर्ब र अन्य लागत सहभागितामूलक कार्यक्रम सञ्चालन गर्नका लागि ८७ करोड रुपैयाँ बजेट छुट्याएका थिए ।

अनुदानका लागि योग्य कृषि व्यवसायहरू

१, तरकारी उत्सपादन,प्रशोधन तथा भन्डारण ।
२, विउ विजन उत्सपादन, प्रशोधन तथा भन्डारण ।
३, पुष्प व्यवसाय ।
४, पशुपंक्षीपालन ।
५, फलफूल उत्सपादन, उत्सपाडदत फलफुलको प्रशोधन तथा भन्डारण ।
६, दुग्ध उत्पादन, प्रशोधन र बिक्री वितरण तथा प्रशोधन र षविी षवतरण ।
७, मत्सस्यपालन उत्सपाडदत माछाको भन्डारण विक्री वितरण ।
८, च्याउ उत्सपादन प्रशोधन तथा भन्डारण ।
९, पशु बधशाला एवं मासुजन्य उत्पादन व्यवसाय ।
१०, जडिवुटी उत्सपादन प्रशोधन र भन्डारण ।
११, उखु खेती, अलैंची खेती, अदुवा खेती, त्यसको भन्डारण तथा प्रसोधन  । र,
१२,  नेपाल सरकारले समय समयमा थप गरेका अन्त्य कृषि व्यवसायहरू ।

कार्यविधि हेर्न यहाँ क्लिक गर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment