+
+
Shares

इलियाना भन्छिन- आलिया त बच्चै छे

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १४ गते ९:५५

Ileana-Alia
मुम्बइ । ‘ह्याप्पी इण्डिङ’की नायिका इलियाना क्रुज आफुलाई श्रद्धा कपुर र आलिय भट्टसँग तुलना नगर्न आग्रह गर्छिन् । ती दुबै नायिकाले आ-आफ्नै स्टाइलले काम गरेको बताउने इलिनिया आफ्नो स्टाइल ती दुबैको भन्दा फरक भएको बताउँछिन् ।
‘मलाइ श्रद्धा वा आलियासँग तुलना गरेको मन पर्दैन, किनभने म उनीहरु भन्दा उमेरमा पनि केही ठुली छु ।’ उनले भनिन् ।
अलियाले उमेर नपुग्दै फिल्ममा प्रवेश गरे जस्तो लाग्छ इलियानालाई । ‘मैले त आलियालाइ भेटेरै भनेको छु तिम्रो फिल्ममा प्रवेश गर्ने बेला भएको छैन भनेर ।’ उनले भनिन् ।
आलिया र इलियानाले एउटै क्लबमा जिम गर्ने रहेछन् । त्यहि क्रममा भेट हुने रहेछ उनीहरुको । भेटका क्रममा फिल्मकै विषयमा कुरा हुने गरेको बताउने इलिायानाले आलिया ब्यबहारले पनि ‘बच्ची’ भएको टिप्पणी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?