+
+
Shares

ब्याटमा लागिरहेको छ तर, फ्याट आउट भइरहेको छु

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १४ गते १७:०८

आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको उपाधि जितेको नेपाली टोली स्वदेश फर्किएको छ । पहिलो खेल हारेर पनि बाँकी सबै खेल जित्दै नेपाल उपाधि रक्षा गर्न सफल भयो । अब नेपाल डिभिजन टूमा केन्द्रित हुनेछ । डिभिजन थ्रीको प्रदर्शन र टूको तयारीका सन्दर्भमा कप्तान पारस खड्कासँग गरिएको कुराकानी :

पहिलो खेल हार्दा अलि प्रेसर भयो होला हैन ?

paras-1-वर्ल्ड क्रिकेट लिगको प्रतियोगितामा प्रेसर नै प्रेसर छ । यसमा हरेक खेल महत्वपूर्ण थियो । डिभिजन फाइभदेखि यहाँसम्म आउँदा जबसम्म सबै खेल सकिँदैन, भन्न सकिँदैन कि कुन टिम क्वालिफाइड हुन्छ, कुन हुँदैन । रन रेटको कुरा आउँछ । सबै टीम उत्तिकै राम्रा छन् । पहिलो खेल हारेपछि हामीले यति थाहा थियो कि अब कुनै पनि गल्ती गर्न सक्दैनौं ।

पहिलो खेलमा हार भएपछि टीममा अनुशासनको केही कम्प्लेन पनि आएको हो ?

-मलाई लाग्दैन, क्रिकेट टीममा अनुशासनको कुनै कमी छ ।

अलिकति रिल्याक्सली नलिएको हो ?

हारेपछि धेरै प्रश्न उठ्न थाल्छ ।

त्यो स्वाभाविक हो ?

-इट्स पार्ट अफ द गेम । त्यो दिन राम्रो खेल खेलेका थियौं । २७ रन जोड्दा ५ विकेट गुमाएर पनि उनीहरुले २ सयभन्दा बढी रन बनाए । उनीहरुले राम्रो खेले । आफ्नो विपक्षीले आफूभन्दा राम्रो खेल्छ भने त्यो दिन उनीहरु जितको हकदार हुन्छन् ।

तपाईलाई आफ्नो व्यक्तिगत फर्म लो खस्किएको जस्तो लाग्छ ?

– फर्म लो भन्दा पनि … । स्कोरहरु कस्तो भन्दा मैले स्टाट पाएको छु, तर कर्न्भट भएको छैन ठूलो स्कोरमा । ब्याटमा राम्रोसित लागिरहेको छ । तर, नम्बरहरु बनेको छैन । क्रिकेट भनेको स्ट्याट हो । रन, विकेट र जितका संख्याहरु । मलाई त फर्ममा छु जस्तो लाग्छ तर, फ्याट आउट भइरहेको छु । त्यसले गर्दा आफूलाई प्यानिक सिचुएसन (कठिन परिस्थिति) जस्तो फिल भएको छैन ।

समग्रमा टीमको प्रदर्शनलाई कसरी हेर्नुहुन्छ ?

-प्लेयरहरुले परिपक्वता देखाएका छन् । नरेशले, सागरले पनि फाइनलमा राम्रो गरेका छन् । विनोदले पनि राम्रो गरिरहेको छ । ज्ञानु, मलाई लाग्छ, ज्ञानुले आफ्नो क्षमता योपटक देखाएका छन् कि आफू कस्तो खालको व्याट्सम्यान हो भनेर । त्यसले गर्दा हामी एकदमै खुसी छौं ।

बलरहरुमा बसन्त र शक्ति दाइ दुबैजनाले पहिलेदेखि नै राम्रो गर्दै आउनुभएको छ । सोमले राम्रो गरेका छन् । अतृमले जुन दिन खेलेको छ, राम्रो गरेको छ । भुवनले पछिल्लो दुई खेलमा आएर राम्रो गरेका छन् । त्यसैले राम्रो टीम प्रदर्शनले जितेका छौं । सबैले चाहेका बेला प्रदर्शन  गरेका छन् ।

सरद किन अनुपस्थित थियो योपटक ?

– शारीरिक रुपमा केही समस्या थियो । डिहाइड्रेसन भएर । टीमले त्यसलाई हृयाण्डल गर्‍यो । फाइनलमा सुवास थिएन । यसले के देखाइरहेको छ भने हामी कोहीमाथि भर पर्नुपर्दैन । यो भविश्यका लागि राम्रो । तर, निरन्तरता पनि चाहिन्छ ।
कोचले डिभिजन टू खेल्न पोटेन्सियल छ । अब सिस्टम चाहिन्छ भनेका छन् ।

सिस्टम भनेको के ?

-साढे दुई महिनाको तयारी हो । हामीले प्रतिस्पर्धा गर्न लागेका टीमहरु हामीभन्दा माथिल्लो स्तरमा खेलिसकेका छन् । तर, यो होइन कि हामीमा पोटेन्सियल छैन । हामीसँग त्यहाँ गएर खेल्ने र उनीहरुलाई हराउने क्षमता छ ।

तर, सिस्टमको कुरा गर्ने हो भने अरु टिममा जुन प्रकारको सुविधा छ, फिजियोदेखि बलिङ कोच, व्याटिङ कोच, स्टाफहरु, त्यसमा हामीले ध्यान दिनुपर्छ । मुख्य कुरा भनेको स्किल इप्रुभ गर्नुपर्छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटैमा । यसमा ठूलोभन्दा पनि सानो सानो गल्तीहरु गरिहेका छौं ।

अर्को भनेको राम्रो टीमहरुसँग खेल्नुपर्‍यो । अरु देशका बलर र खेलाडीहरु बोलाएर नेपालमा नै अभ्यास गर्ने हो भने पनि राम्रो हुन्छ । श्रीलंका जाँदैछौं । त्यहाँ गएर तीन दिवसीय खेल्दैछौं । यसले ब्याट्सम्यान र खेलाडीलाई धेरै सिकाउँछ ।

अब हाम्रो मेजर कन्सर्न के हो ?

फिनिसिङमा चाँहि हामीले मेहनत गर्नुपर्छ । फस्ट ब्याटिङ गरौैं कि सेकेण्ड । टी-२० विश्वकपमा पनि हामीले हरेक खेलमा १०-१५ रन जस्तो सट थियो । त्यसैले फिनिसिङमा ध्यान दिन जरुरी छ ।

हिजो पनि हामीले राम्रो सुरुवात गरे पनि फिनिसिङ भएन । २५० माथि बनाउनुपर्ने थियो । डिभिजन टूमा २५० भन्दा बढी रन बनाउन पनि सक्नुपर्छ र त्यो लक्ष्य भेट्टाउन पनि सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?