Comments Add Comment

२२ मेगावाटको चाकु ए जलविद्युत् आयोजना चैतमा पूरा हुने

१६ कात्तिक काठमाडौं । निजी क्षेत्रको लगानीमा सिन्धुपाल्चोकको माथिल्लो चाकु (ए) जलविद्युत् आयोजनाको काम निर्धारित समय आगामी चैतमा पूरा हुने गरी काम भइरहेको छ ।

शिवश्री हाइड्रो पावर लिमिटेडको तीन अर्बको लगानीमा चार वर्षअघि सुरु भएको २२ दशमलव २ मेगावाटको सो आयोजनाको ७० प्रतिशत काम भइरहेको कार्यकारी अध्यक्ष उमेश कसजुले बताएका छन् ।
जिल्लावासीलाई ६५ प्रतिशत सेयर वितरण गरिने आयोजनाले जनाएको छ । सो आयोजनाको विद्युत् गृह र बाँधको काम सम्पन्न भइसकेको छ ।

८ सय १५ हेड रहेको सो आयोजनाको प्रसारण लाइनको काम ५० प्रतिशत र तीन हजार ३ सय मिटर सुरुङ मार्गमध्ये हालसम्म दुई हजार ४ सय अरनिको राजमार्गदेखि १ सय किमिको दूरीमा पर्ने चाकु बजारदेखि मार्मिङ र फुल्पिङकट्टी गाविसको चन्द्रापुर र याङ्लेफाँटमा पर्ने योजना स्थलसम्मको ३० किमि प्रवेश मार्गसमेत सम्पन्न भइसकेको छ ।

आयोजना स्थलबाट लामोसाँघुसम्मको २० किमि १३२ केभि प्रसारण लाइनद्वारा लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिनेछ । सो कम्पनीले जिल्लाको माथिल्लो बलेफीमा सात अर्बको लगानीमा ३६ मेगावाटको आयोजनाको काम पनि सुरु गरिसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment