Comments Add Comment

दाङमा पाँच बर्षीया बालिका बलात्कृत

१६ कात्तिक, घोराही । दाङको तुलसीपुर नगरपालीका ६ कि ५ बर्षीया बालिका बलात्कृत भएकी छन् । प्रहरीका अनुसार एक युवकले चुइगम खुवाउने लोभ देखाएर ति बालिकालाई अपहरण गरी घोराही ल्याएर बलात्कार गरेको हो ।

तुलसीपुर र घोराहीको दुरी २३ किलोमिटर छ ।

चुईगम खुवाउँछु भन्दै एक व्यक्तिले आफूलाई किया माइक्रो बसमा घोराही ल्याइ रातभर झाडीमा राखेर यौन दुर्व्यवहार गरेको र विहानपख छोडेर भागेको बालिकाले बताईन् ।

बालिकालाई प्रहरीले घोराही बजारको बुद्धी ग्यारेज नजिकै अचेत अवस्थामा उद्धार गरेको थियो । उनको योनीबाट रगत बगिरहेको थियो । अलपत्र अवस्थामा बालिकालाई देखेर स्थानीयले प्रहरीमा खबर गरेपछि उनलाई उपचारको लागि अस्पताल पुर्‍याइएको थियो ।

बालिकाको स्वास्थ्य जाँच गर्दा बलात्कार भएको पुष्टि भएको राप्ती उपक्षेत्रिय अस्पतालकी डा. दीपिका सुवेदीले जानकारी दिइन् । बालिका मानसिकरुपमा ठिकै भएपनि रगत बग्ने क्रम नरोकिएकोले उपचार जारी राखेको डा. सुवेदीको भनाई छ ।
५ बर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्तिको भने पहिचान भएको छैन । तुलसीपुर र घोराही क्षेत्रमा खोजि र अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ओमबहादुर रानाले जानकारी दिए ।

बलात्कार अभियोगमा ६ जना पक्राउ

यसैबीच गत असोज १५ गते घोराही नगरपालीका १ सर्राकी ३५ वर्षीया एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । सोही ठाउँका २४ बर्षीय पवन डि.सी, १७ बर्षीय गुरुप्रसाद चौधरी, १७ बर्षकै दुर्गा चौधरी, १८ बर्षीय प्रदीप चौधरी र विक्रम चौधरीलाई पक्राउ गरिएको दाङ प्रहरी प्रमुख खिनुप्रसाद आचार्यले जानकारी दिए ।

घटनामा संलग्न सोही ठाउँका २४ बर्षीय आशिष न्यौपाने फरार रहेको प्रहरीको भनाई छ ।

यस्तै कात्तिक ११ गते धर्ना ७ चैनपुरकी २० बर्षीया युवतीलाई बलत्कारको प्रयास गरेको भन्दै सोही ठाउँका ५१ बर्षीय ध्रुवराज थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment