Comments Add Comment

सबै सूचक रात्तै, नौ अंकले घट्यो नेप्से, २८ करोडको कारोबार

Stock१६ कात्तिक काठमाडौैं । साताको पहिलो दिन आइतबार ८.९१ घंकले घटेर  नेप्से परिसूचक  ९ सय २१.३० अंकमा झरेको छ । यो विगत २ हप्ता यताकै उच्च गिरावट हो ।

नेप्सेका सबै उपसूच रातो रंगले पोतिएका छन् । नेप्सेमा रोतो रंग घटेको र हरियो रंगलाई बढेको सूचक हो ।

आइतबारको कारोबारबाट वाणिज्य बैंक समूहको सूचक ७.७८ अंकले घटेको छ । यो समूहको ७ करोड ९१ ल्ाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यसैगरी जलविद्युत समूहको सूचक ४५.२६ अंकले, बीमा समूहको ४६.४५ अंकले, उत्पादनमूलक समूहको ३०.१६ अंकले, वित्त कम्पनी समूहको ४.२ अंकले, विकास बैंक समूहको २.६१ अंकले, होटल समूहको ०.४४ अंकले र अन्य समूहको सूचक ३.५३ अंकले घटेको छ ।

यो दिन १ सय ३३ कम्पनीका ७ लाख २३ हजार कित्ता सेयर २७ करोड ९६ लाख रुपैयाँमा किनबेच भएको नेपाल स्टक एकसचेञ्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment