Comments Add Comment

अध्ययन भन्छ- दुध बढि पिउनु प्राणघातक

milkदुधको अधिकतम सेवनले मानव स्वास्थ्यमा हानी गर्ने र यसले अल्पायुमा ज्यान जानसक्ने जोखिम बढाउने एक अध्ययनले देखाएको छ ।
ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित शोधका अनुसार दुध बढि पिउँदा हड्डी टुट्ने जोखिम पनि बढि हुन्छ ।

स्विडेनमा गरिएको अध्ययनका क्रममा दिनमा ३ गिलास भन्दा बढि दुध पिउने महिलाको सरीरका हड्डी टुट्ने सम्भावना बढि रहेको पाइएको बीबीसी हिन्दीले जनाएको छ ।

यद्यपि यो शोधकर्ताहरुले दुधको बढि सेवनले हड्डीमा पार्ने असरको बारेमा झिनो सम्भावना पहिल्याएको भएपनि दुधको सेवनले हड्डी टुट्ने कुरामा यसैसालाई सबूद मान्न भने नसकिने बताएका छन् ।

यद्यपि सरीरमा अल्कोहल तथा मोटोपना बढाउन भने दुधले भूमिका खेल्ने शोधकर्ताको निष्कर्ष छ ।
शोधकर्ताहरुले सन् १९८७ देखि १९९० को अवधिमा ६१ हृजार ४ सय जना महिला तथा १९९७ मा ४५ हजार ३ सय पुरुषको आहार सम्बन्धि बानीव्यहोराको परीक्षण गर्नुका साथै केही वर्षसम्म उनीहरुको स्वास्थ्यको समेत निगरानी गरेका थिए ।

त्यसक्रममा उनीहरुलाई वर्षदिनमा खाएको दुध, दही, मही तथा चिजको मात्रा बताउन लगाइएको थियो । त्यसपछि शोधकर्ताहरुले वर्षमा कति जनाको हड्डी टुट्ने समस्या पैदा भयो र कति जनाको मृत्यु भयो भन्ने कुराको रेकर्ड लिए ।

त्यसबाट के पाइयो भने बढि दुध पिएको बताउने मानिसहरुको मृत्युको दर पनि उच्च देखियो ।

दुध क्याल्सियमको निकै राम्रो श्रोत भएको हुँदा हड्डीको स्वास्थ्यका लागि दुधको सेवन निकै लाभदायी मानिँदै आइएकोमा पछिल्लो अनुसन्धानबाट दुधले हड्डीलाई कमजोर बनाउने तथ्य भेटिएकोमा विरोधाभास सिर्जना भएको विज्ञहरुले बताएका छन् । कतिपय शोधकर्ताहरुले दुधमा हुने चिनीको मात्राका कारण यस्तो नकारात्मक असर परेको हुनसक्ने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment