Comments Add Comment

‘हाई हील’को विरोधमा जापानी महिलाहरुले सुरु गरे ‘केयु टु’ अभियान

‘हाई हील’ किन लगाइन्छ ? यसको दुई वटा जवाफ हुन्छ । एउटा स्टाइलका लागि । अर्को उचाईका लागि ।

त्यसो त कतिपय पहिरनसँग कम्बिनेसनका लागि ‘हाई हिल’ अनिवार्य नै हुन्छ । तर, फेसनका लागि लगाइने हाई हील स्वास्थ्यका लागि भने राम्रो मानिदैन । खासगरी यसले मेरुदण्ड सम्बन्धी समस्या निम्त्याउने कारण ‘हाई हिल’ लगाउन उपयुक्त नहुने सचेत गराइदै आएको छ ।

तर, महिलाहरु आफुलाई अकर्षक देखाउने चक्करमा हाई हील लगाउने गर्छन् । अझ आफ्नो कद अग्ला देखाउनका लागि पनि हाई हील लगाइन्छ । तर, हामी देख्छौं, हाई हील लगाएर हिँडडुल गर्न त्यती सजिलो हुँदैन । महिलाहरु हाई हील लगाएर हिँडिरहँदा निकै सतर्क हुने गर्छन् । उनीहरुले असहज महसुष गरेझै देखिन्छ ।

केही समयअघि बलिउडका चर्चित फेसन डिजाइनर सब्यसाची मुखर्जीले भनेका थिए, ‘सौन्दर्य त्यो हो, जसलाई हामी सहज महसुष गर्छौं । सौन्दर्य सहज र स्विकार्य हुन्छ ।’ उनले फेसनको सन्दर्भमा पनि यस्तै भनेका थिए । फेसन वा स्टाइल भनेको आफुलाई सहज हुने र त्यसले आफ्नो आत्ममनोबल बढाउने हुनुपर्छ ।

तर, हाई हीलले धेरैको आत्ममनोबल कमजोर बनाइरहेको हुन्छ । हाई हील लगाउनु त्यती सहज पनि हुँदैन ।

यसै मेसोमा महिलाहरु नै ‘हाई हील’ को विरुद्धमा उठे भने ?

प्रसंग जापानको हो । जापानी महिलाहरुले ‘हाई हील’ विरुद्ध अभियान नै चलाएका छन् । जापानमा महिला र पुरुषको लागि कार्यथलोमा अलग-अलग वर्क कल्चर हुनेगर्छ । यही कारण महिलाहरुले आफ्नो कार्यथलोमा ड्रेस कोडलाई लिएर नयाँ अभियान चलाएका छन् ।

ति कार्यथलो जहाँ महिला र पुरुषका लागि ड्रेसकोड लागु गरिएको हुन्छ । अक्सर त्यस्ता कार्यथलोमा महिलालाई हाई हील लगाउन बाध्य बनाइन्छ । यसको एउटै ध्येय हो, हाई हिल लगाएपछि महिलाहरु आकर्षक देखिन्छन् ।

एकातिर कामको चाप, अर्कोतिर असजिलो जुत्ता । हाई हील लगाएर काम गर्नु पक्कै सजिलो हुँदैन । यद्यपी ‘ड्रेस कोड’को नाममा हाई हील लगाउनैपर्ने बाध्यताका कारण धेरै कामकाजी महिलाहरु समस्यामा छन् ।

यही कुरालाई मध्यनजर गर्दै अहिले जापानी महिलाहरुले ‘कुटू’ अभियान सुरु गरेका छन् । कार्यलयमा कामको बोझ र हाई हिलको कारण हुने शारीरिक समस्या बुझाउनका लागि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

यस अभियानमा अहिलेसम्म पन्ध्र हजारभन्दा बढीले हस्ताक्षर गरेर समर्थन जनाएका छन् ।  उनीहरुले ह्यासट्याग मिटु अभियान झै ह्यासट्गा कुटू अभियानलाई ट्वीटरमार्फत छेडेका हुन् ।

कसरी सुरु भयो कुटू अभियान ?

जापानमा कामकाजी महिलाहरुले हाई हील लगाउनु अनिवार्य मानिन्छ । हेर्दा आकर्षक देखिएपनि यसले उनीहरुलाई असहज बनाएको छ । हाई हील लगाएर घण्टौ काम गर्दा उनीहरु मानसिक तथा शारीरिक रुपमा कमजोर हुन्छन् । यसले खुट्टा र मेरुदण्डमा समस्या निम्त्याउने गर्छ ।

हाई हीलकै कारण उनीहरु छरितो ढंगले काम गर्न सक्दैनन् । सहज रुपले हिँडडुल गर्न सक्दैनन् । यही कष्टलाई बुझेर जापानी अभिनेत्री तथा मोडल यूमी इशिकावाले यो अभियान सुरु गरेकी हुन् । उनले आफ्नो ट्वीटर एकाउन्टबाट ‘ह्यसट्ाग कुटू’ अभियान छेडेकी हुन् ।

के हो कुटू ?

जापानी भाषामा कुत्सुको अर्थ जुत्ता हो । कुत्सुको कु र मीटूको टू जोडेर यस अभियानको नाम ह्यसट्याग कुटू राखिएको हो ।

सोशल मिडियामा चलाइएको यो अभियानमा एक हप्तामै १५ हजारले सामर्थन गरे । दुई महिनासम्म यूमीले सोशल मिडियामा आफ्नो अभियान जारी राखे । जापानमा यो मुद्दाले अहिले आन्दोलनको रुप लिएको छ । पुरुष पनि यसको समर्थनमा उत्रिएका छन् ।

किन गर्नुपर्‍यो विरोध ?

जापानमा धेरैजसो कम्पनी र सार्वजनिक संस्थामा कर्मचारीका लागि ड्रेस कोड अनिवार्य छ । पुरुषका लागि सूट र कालो रंगको जुत्ता लगाउनैपर्ने हुन्छ । त्यसैगरी महिलाले स्कर्ट र हाइ हिल लगाउनैपर्छ ।

यूमी भन्छिन् कि, ‘म लिंगभेद हटाउन चाहन्छु । महिलाहरुले अहिलेसम्म चुपचाप झेल्दै आएको पीडालाई सधैका लागि अन्त्य गर्नेछु ।’

हाई हील लगाउँदा के हुन्छ ?

-हाई हील लगाउँदा त्यसलाई सन्तुलित बनाएर हिँडडुल गर्न असहज हुन्छ ।

-हाई हीलले मेरुदण्डलाई असर पुर्‍याउँछ ।

-हाई हील लगाउँदा सन्तुलन बिग्रन्छ । त्यही कारण सबै जोर्नी र हड्डीमा नकारात्मक असर पर्छ ।

-हाई हील लगाउँदा खुट्टा र मेरुदण्डको पीडा झेल्नुपर्ने हुन्छ ।

-हाई हील लगाएर आफुलाई सन्तुलित ढंगले उभ्याउन र हिँडाउनका लागि अभ्यास गरिरहँदा त्यसले मानसिक तनाव पनि दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment