+
+
Shares

मुग्लिन-आँबुखैरेनी सडकखण्डमा रातभर रोकिएका गाडी चल्न थाले

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ७:०९
Photo Credit : Mugling Bazar

११ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडकखण्डको साखर भन्ने स्थानमा भासिएको सडक परीक्षण तथा रोकथामका उपाय अपनाउन गएरातिदेखि दुईतर्फी रोकिएका सवारी साधनहरु आज बिहानबाट सञ्चालनमा आएका छन् ।

प्राविधिकहरुले पहिरोको एस.आर.टी. (सेस्मिक रेसिस्टिभिटी टेस्ट) गर्नुपर्ने भएपछि सवारी आवागमन बन्द गरिएको थियो । जिल्ला प्रशासन कार्यालय तनहुँले राति १२ बजेदेखि २ बजेसम्म सडक बन्द हुने सूचना जारी गरे पनि त्यसभन्दा केही समय पछिसम्म पनि सडक बन्द थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्याल तनहुँले आज मंगलबार बिहान तीन बजेतिर सवारी साधनहरु चल्न थालेको जनाएको छ । अहिले गाडी चल्न दिइए पनि प्राविधिक परीक्षणको काम भने जारी राख्ने प्राविधिकहरुले बताएका छन् ।

तनहुँ जिल्ला भित्र पर्ने पृथ्वी राजमार्ग (आँबुखैरेनी–मग्लिन सडकखण्डको डम्पिङ्ग साइट क्षेत्र) को आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ साखर भन्ने स्थानमा सडक भाँसिएर आवागमन एकतर्फी भएको छ ।

त्यहाँ सडक एकतर्फी हुँदा सवारीसाधनहरूको चाप अत्यधिक हुन गई मुग्लिन–नारायणगढ सडक खण्डमा समेत जाम हुने गरेको छ ।

लामो समयसम्म जाममा बस्नुपर्दा चालक तथा यात्रुहरु हैरानीमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?