Comments Add Comment

ताप्लेजुङ जिल्ला प्रहरी कार्यालय नजिकै बम विस्फोट

१७ कात्तिक, ताप्लेजुङ । ताप्लेजुङको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ नजिकै बम विस्फोट भएको छ । आइतबार राति करिब १० बजे कार्यालयको उत्तर पटि्टको गेट नजिकै कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी मेघराज कँडेलले जानकारी दिए ।

विस्फोटले कुनै क्षति भने भएको छैन ।

विस्फोट भएको स्थानबाट केहि मिटर तारसमेत बरामद भएको छ । विस्फोटको कारण खुल्न सकेको छैन । विस्फोटमा संलग्नहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।
रविन भट्टराईबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment