+
+

गर्भवती श्रीमतीको हत्या गर्ने दलबहादुर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १७ गते १५:१६

१७ कात्तिक, तेह्रथुम । श्रीमतीको हत्या गर्ने ताप्लेजुङको फुङ्लिङ घर भई तेह्रथुमको म्याङ्लुङ-५ बस्ने दलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार सामान्य घरायसी झगडा हुँदा मादक पदार्थ सेवन गरी दलबहादुरले ३० वषर्ीया श्रीमती विमला सार्कीलाई खुकुरी प्रहार गरेर हत्या गरी घरभित्र राखेेको पाइएको प्रहरीले जनाएको छ ।

घरमा सुनसान देखेपछि छरछिमेकीले खोज्दै जाँदा मृतक विमलाको शव घरभित्रै भेटेपछि प्रहरीलाई खबर गरेका थिए । छरछिमेकीको उजुरीका आधारमा दलबहादुरलाई जिल्ला कारागार नजिकैबाट पक्राउ गरिएको तेह्रथुम जुप्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विदुरकुमार गौतमले जानकारी दिए ।

मृतकको शवको जिल्ला अस्पताल तेह्रथुममा परीक्षण गरिएपछि मृतकका आफन्तले दाहसंस्कार गरिसकेका छन् ।

परीक्षणबाट महिला तीन महिनाको गर्भवतीसमेत रहेको देखिएको छ । मृतकका एक डेढ वषर्ीय छोरासमेत रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?