Comments Add Comment

आरती उद्योगले सरकारलाई बुझायो एक अर्ब राजस्व

१७ कात्तिक, पथरी । मोरङको टयाङ्की सिनवारीस्थित बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालिले सरकारलाई एक अर्ब रुपैयाँ राजस्व बुझाएको छ ।

Arati Stripsआरती स्ट्रिप्स प्रालिका उपाध्यक्ष सञ्जीव शर्माका अनुसार आरती स्ट्रिप्स प्रालिले एक वर्षमा ६ अर्ब रुपैयाँको जस्तापाता भारत निकासी र १२ अर्ब रुपैयाँ बराबरको जस्ता र कर्कटपाता उत्पादन बिक्री गरेकाले सरकारलाई एक अर्ब रुपैयाँ राजस्व बुझाएको बताए ।

करिब चार अर्ब रुपैयाँको लगानीमा सन् २००२ देखि सञ्चालनमा आएको आरतीले रङ्गीन र सादा जस्ता र कर्कटपाता उत्पादन गर्दै आएको छ । आरतीबाट उत्पादित जस्तापातामध्ये आधा भारत र आधा नेपालमै खपत हुन्छ ।

उपाध्यक्ष शर्माले आरतीले वाषिर्क ३० हजार टन जस्तापाता उत्पादन गर्ने बताए । सादा जस्तापाता र कर्कटपाता, रङ्गीन जस्ता र कर्कटपाता तथा ब्लाक पाइप उत्पादन गर्दै आएको छ ।

शर्माका अनुसार विभिन्न ३० रङ्गका जस्तापाता र कर्कटपाता उत्पादन हुन्छ । त्यसमध्ये निलो, रातो, हरियो र सेतो जस्ता र कर्कटपाता नेपालमा बढी खपत हुन्छ । आरतीमा हाल ६०० ले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यसमध्ये ४०० नेपाली छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment