Comments Add Comment

विश्वका उत्कृष्ट स्मार्टफोनको पहिलो नम्बरमा ‘आइफोन ६’ (सूचीसहित)

बजारमा विभिन्न कम्पनी तथा मूल्यका स्मार्टफोन उपलब्ध छन् । एप्पल, सामसुङ, एचटिसी, सोनी, मोटोरोला लगायतका कैयन् कम्पनीले एक से एक उत्कृष्ट स्मार्टफोन निर्माण गरेका छन् र प्रयोगकर्ताले आफ्नो बजेट र रुचीका आधारमा स्मार्टफोनमा पर्याप्त छनोटको अवसर पाउँछन् ।
बजारमा उपलब्ध कैयन् स्मार्टफोनको बिक्रि, गुणस्तर, उपभोक्ताको रोजाइ, मूल्य, फिचर्स लगायतलाई आधार मानेर बिजनेस इनसाइडरले हरेक महिना विश्वका उत्कृष्ट १५ स्मार्टफोनको सूचि तयार पार्छ । अक्टुवर महिनामा टप पन्ध्रमा अटाउन सफल स्मार्टफोन यस्ता छन्-
the-smaller-iphone-6-will-p१. आइफोन ६ – सार्वजनिक भएको डेढ महिनाभित्रै एप्पलको ‘आइफोन-६’ विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनमा दहि्रन सफल भएको छ । ४.७ इन्चको स्त्रिmन सँगै विभिन्न नयाँ तथा अत्याधुनिक फिचर्स उपलब्ध भएको आइफोन सिक्सको उत्कृष्टता यसको लोकपि्रयताले पनि पुष्टि गर्छ । एप्पलले आइफोन सिक्सको पि्र अर्डर खुल्ला गरेको २४ घण्टामा ४० लाखले यो फोनको अनलाइन अर्डर गरेका थिए, जुन स्मार्टफोनको सबैभन्दा उच्च प्रिअर्डर हो ।

iphone 6 plus
२. आइफोन सिक्स प्लस- आइफोन सिक्स सँगै रिलिज भएको आइफोन सिक्स प्लस पनि धेरैले रुचाएको फ्याब्लेट हो । फिचर्स मात्र होइन निकै पातलो साइज तथा मेटलको बडीका कारण समेत यो उपभोक्ताको रोजाइमा पर्ने पक्का छ ।
3-galaxy-note-4 copy copy ३. ग्यालेक्सी नोट फोर- सामसुङको ग्यालेक्सी नोट फोर विश्वका उत्कृष्ट स्मार्टफोनको तेश्रो नम्बरमा छ । ५.७ इन्चको स्त्रिmन रहेको ग्यालेक्सी नोट फोरको डिस्प्ले अहिलेसम्मका स्मार्टफोनका डिस्प्लेमा सबैभन्दा उत्कृष्ट छ ।

htc one
४. एचटिसी वन (एम एट)– एचटिसी कम्पनीको ध्वजाबाहक स्मार्टफोन एचटिसी वन (एम एट) सर्वोत्कृष्ट मध्येको एक एन्ड्रोइड स्मार्टफोन हो । उच्चस्तरीय मेटल बडीसँगै यसको अर्को विशेषता भनेको अतिरिक्त क्यामरा हो । जसले गहन सेन्सरको काम गर्छ र त्यसमार्फत तस्वीर खिचिसकेपछि तस्वीरलाई इडिट गर्न तथा फोकस परिवर्तन गर्न समेत सकिन्छ ।
moto x५. मोटो एक्स- मोटोरोला कम्पनीको नयाँ स्मार्टफोन मोटो एक्समा एन्ड्रोइडको क्लिन भर्सन प्रयोग भएको छ र यसबाट निकै छिटो र सजिलो गरी सफ्टवेयर अपडेट गर्न सकिन्छ । यसको ५.२ इन्चको डिस्प्ले रहेको छ ।
one plus 1६. वन प्लस वन- चिनियाँ कम्पनी वन प्लसको नयाँ स्मार्टफोन वनमा ५.५ इन्चको स्त्रिmन रहनुका साथै इन्टर्नल मेमोरी अन्य स्मार्टफोनमा भन्दा अधिक छ । साथै यसको मूल्य समेत निकै कम छ । यसको अनलक्ड मूल्य ३ सय डलर रहनुले पनि यो अन्य प्रतिस्पर्धी स्मार्टफोन भन्दा निकै सस्तो र उपभोक्ताको रोजाइमा पर्ने पक्का छ । यसको आपूर्ति निकै सिमित रहेको हुनाले जो कोहीले यो फोन किन्न पाउँदैनन् । फोन किन्नका लागि कम्पनीको आधिकारिक निम्तो वा मागको स्विकृती आवश्यक पर्ने उल्लेख गरिएको छ ।
samsung s5७. सामसुङ ग्यालेक्सी एस फाइभ- सामसुङको सबैभन्दा ठूलो ध्वजाबाहक स्मार्टफोन ग्यालेक्सी एस फाइभको स्त्रिmन, क्यामरा तथा अन्य फिचर्सहरु उत्कृष्ट छन् ।
sony-xperia-z3८. सोनी एक्सपेरिया जेड थ्री- सोनीको पछिल्लो स्मार्टफोन एक्सपेरिया जेड थ्री यो वर्ष सार्वजनिक एन्ड्रोइड फोन मध्येको एक उत्कृष्ट फोन हो । ५.२ इन्चको स्त्रिmन रहेको जेड थ्री वाटर प्रुफ हुनुका साथै यसको क्यामरा समेत निकै उत्कृष्ट छ ।
google-nexus-5९. गुगल नेक्सस फाइभ- यद्यपि गुगलले हालै आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गरिसकेको छ, तथापि गतवर्ष सार्वजनिक नेक्सस फाइभलाई अझैपनि उत्कृष्ट स्मार्टफोनकेा रुपमा राखिएको छ । यसमा नेक्ससको ओरिजिनल भर्सन प्रयोग हुनुका साथै यो अन्य स्मार्टफोनको तुलनामा निकै सस्तो मूल्यमा समेत पाइन्छ ।
lg-g3१०. एल जी जी ३- एलजीको पछिल्लो स्मार्टफोन जी थ्रीको डिस्प्ले निकै उत्कृष्ट हुनुका साथै यसको स्त्रिmन फ्याबलेट साइजमा ५.५ इन्चको छ । पावर तथा भोल्यूम की लाई फोनको पछाडिपट्ट िराखेर एल जी ले जी थ्री मा नयाँ प्रयोग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment