Comments Add Comment

नीताले सार्वजनिक गरिन् प्रेमी, बिहे अर्को बर्ष

neeta-dhungana-affairकाठमाडौ । नायिका नीता ढुंगानाले आफ्नाे प्रेमी सार्वजनिक गर्दै विगत तीन बर्षदेखि आफू प्रेममा रहेको खुलासा गरेकी छिन् ।
प्रेमी अमेश भण्डारीसँगको तस्बिर आफ्नो फेसबुक पेजमा राखेर ‘वीथ माइ लभ’ लेख्दै आफ्नो रियल लाइफ हिरो सार्वजनिक गरेकी हुन् । फेसबुकमा उनलाई शुभकामना दिनेहरु पनि बढिरहेका छन् ।
अमेश गायक, संगीतकार र अभिनेता पनि हुन् । दिनेश डीसी निर्देशित फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ मा अहिले उनीहरुले एकसाथ काम गरिरहेका छन् ।
यसरी भयो भेट
तीन बर्ष पहिले एउटा स्कुलको कार्यक्रममा अतिथि बनेर गएकी थिइन् नीता । कार्यक्रममा सहभागी नीता विद्यार्थीका वीचमा के कुरा गर्ने सोच्दै थिइन्, एउटा तन्नेरी माथि उनको आँखा पर्‍यो ।
ती तन्नेरी पनि बेला-बेला नजर लाउँदै थिए नीतामाथि । दुबैले एक अर्कालार्इ लुकी-लुकी हेरें । यसरी जीवनमा पहिलोपटक कसैले लुकी-लुकी हेर्दा लाज लागे पनि रमाइलो भएको अनुभव सुनाइन् नीताले ।
पारिवारिकरुपमा बाल्यकालदेखिकै चिनजान भएपनि पछिल्लोपटक तीन बर्ष पहिले उनीहरुको यसरी स्कूलको कार्यक्रममा देखादेख भयो । त्यसपछि चिनजान, भेटघाट बाक्लिँदै जाँदा आफुहरुवीच प्रेम झांगिएको नीताले सुनाइन् ।

नीता र अमेश । तस्वीरः अमेशको फेसबुकबाट
नीता र अमेश । तस्वीरः अमेशको फेसबुकबाट

‘यो क्षेत्रमा महत्व बुझ्ने मान्छे जीवनमा आएपछि काम गर्न निकै सजिलो हुन्छ ।’ आफ्नै क्षेत्रको प्रेमी पाएकोमा दंग पर्दै नीताले भनिन् ।
अहिले प्रेमी-प्रेमिका भनेर चिनिने नीता र अमेशको चिनाजानी भने निकै पुरानो रहेछ । खासमा अमेश नीताको काकीको साथीको छोरा हुन् । उनीहरुले सानो उमेरमा पनि सँगै खेल्ने रमाउने अबसर पाएका थिए ।
‘सानोमा पनि हामी साथी नै थियौं अहिले झन् नजिकका साथी भयौं रमाइलो भइरहेको छ ।’ नीताले भनिन् ।
बिहे अर्को बर्ष
अमेश र नीताको सम्बन्धलाई उनीहरुको परिवारले समेत स्वीकारिसकेको छ । तर, उनीहरुले तत्काल बिहे गर्ने योजना बनाएका छैनन् । नीता भन्छिन् ‘अझै केही गर्नु छ । अहिल्यै बिहे गर्ने बेला भएको छैन ।’
अहिले आफुहरु करिअरकै लागि प्रतिबद्ध भएको भन्दै नीताले अर्को वर्ष बिबाह हुनसक्ने बताइन् । बाल कलाकार हुँदै नेपाली फिल्ममा प्रवेश गरेकी नीताले दर्जन बढी फिल्ममा काम गरेकी छिन् । उनका पछिल्ला दुई फिल्म ‘नोटबुक’ र ‘छ एकान छ’ ले राम्रो ब्यापार गरेको थियो ।

तस्वीरः अमेशको फेसबुकबाट
तस्वीरः अमेशको फेसबुकबाट

सुटिङमा खुल्न सजिलो
अभिनयको शिलसिलामा हिरोसँग अगालो मार्नु त सामान्य भयो, चुम्बन समेत गर्नुपर्ने हुन्छ कतिपय अवस्थामा । त्यस्ता सिनमा अभिनय गर्नुपर्दा तनाव हुन्छ भन्ने नीता आफ्नै प्रेमीसँग काम गर्दा सजिलो हुने बताउँछिन् । ‘आफ्नै मान्छेसँग काम गर्दा छुट्टै मज्जा हुन्छ ।’ उनले भनिन् ।
अहिले काम गरिरहेको ‘फूलैफूलको मौसम तिमीलाई’मा पनि दुबै जनाले काम गर्न पाउँदा बढी रमाइलो भएको बताइन् ।
अमेशको तुलनमा आफूलाई सिनियर कलाकार मान्ने नीता धेरै सुझाब दिने गरेको बताउँछिन् । ‘हामी उमेरमा उस्तै भए पनि म भन्दा जुनियर कलाकार हो, त्यसकारण म सुझाव सल्लाह दिन्छु ।’ अमेशको हाँसो देखेर लोभिएकी नितालाई उनको संगीत पनि निकै मन पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment