Comments Add Comment

माइक्रोसफ्टले Windows 7 र Windows 8 नबेच्ने

Windows-7-8
माइक्रोसफ्टले आफ्नो अपरेटिङ सिस्टम विन्डोज सेभेन र विन्डोज एटका केही संस्करणको खुद्रा प्रति नबेच्ने घोषणा गरेको छ ।

यी पूराना सफ्टवेयर बेच्न बन्द गर्ने निर्णय केही समयअघि नै गरिएको र यसले विन्डोज प्रयोगकर्तालाई नयाँ भर्सनको अपरेटिङ सिस्टम प्रयोग गर्न सहयोग गर्ने बताइएको छ ।

तथ्यांकले समेत मानिसहरुले विन्डोज अपरेटिङ सिस्टमका पूराना संस्करण प्रयोग गर्न छाड्दै गएको देखाएको छ ।
माइक्रोसफ्टको अब आउने नयाँ अपरेटिङ सिस्टम विन्डोज टेन सन् २०१५ को अन्त्यसम्ममा सार्वजनिक हुनेछ ।

गएको अक्टोबर ३१ देखि नै प्रयोगकर्ताले माइक्रोसफ्टको होम बेसिक, होम पि्रमियम तथा विन्डोज सेभेन अपरेटिङ सिस्टमको कपी खरीद गर्न पाएनन् । र अब विन्डोज एटको ओरिजिनल भर्सन पनि खुद्रा बजारमा पाइनेछैन । यसले ल्यापटप तथा पिसीमा लोड गरिएका तथा खुद्रा पसलमा खरीद गरिएका पूराना भर्सनलाई प्रभावित गर्नेछ ।

अब विन्डोजको पछिल्लो संस्करण विन्डोज ८.१ पर्सनल कम्प्युटरमा डिफल्ट अपरेटिङ सिस्टम हुनेछ ।
यद्यपि माइक्रोसफ्टको यो परिवर्तन कामयावी हुन केही समय भने लाग्नेछ । पर्सनल कम्प्युटर निर्माताहरुसँग विन्डोजका पूराना भर्सनको ठूलो स्टक रहेको हुँदा उनीहरुले पूरानै संस्करणका विन्डोज सफ्टवेयर लोड गरी पर्सनल कम्प्युटर बेच्नेछन् ।

माइक्रोसफ्टले गतवर्ष सार्वजनिक गरेको विन्डोज एट निकै अलोकपि्रय भएपछि त्यसबाट टाढिनका लागि यस्तो निर्णय गरेको टिप्पणी कतिपयले गरेका छन् ।

यद्यपि सन् २००९ देखि प्रयोगमा रहेको विन्डोज सेभेन भने प्रयोगकर्तामाझ अहिलेपनि निकै लोकपि्रय छ । विन्डोजका ५३ प्रतिशत प्रयोगकर्ताले अहिलेपनि विभिन्न भर्सनका विन्डोज सेभेन प्रयोग गर्छ ।

जबकी विन्डोज एटको बजार हिस्सा ६ प्रतिशत मात्र छ, जसलाई पछिल्लो भर्सन विन्डोज ८.१ ले माथ दिइसकेको छ । माइक्रोसफ्टको पछिल्लो घोषणाले विन्डोज १० आगमनको मार्गप्रसस्त समेत गरेको छ ।एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment