Comments Add Comment

अध्यक्ष छाडेर संरक्षक बन्न बैद्यलाई प्रस्ताव

mohan-baidya-ra-biplop१९ कात्तिक, काठमाडौं । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले पार्टी अध्यक्षबाट बिदा दिई संरक्षक बनाउनुपर्ने प्रस्ताव गरेका छन् । अध्यक्ष वैद्यको राजनीतिक कार्यदिशामाथि फरक मत राखेका चन्दले पार्टीको आन्तरिक विवाद हल गर्न र नयाँ जनवादी क्रान्तिको बाटोमा अघि बढ्नका लागि बैद्यलाई संरक्षक बनाउनुपर्ने प्रस्ताव गरेका हुन् ।

पार्टी पदाधिकारी, पोलिटव्युरोदेखि केन्द्रीय समितिसम्मै कमजोर अवस्थामा रहेका सचिव चन्दले संस्थापनलाई दबाब दिन र पार्टीको संगठनिक सत्तामा हिस्सेदारीका लागि यस्तो प्रस्ताव अघि सारेको राजधानी दैनिकमा खबर छ । उनले शनिबार राजधानीमा आफू पक्षीय केन्द्रीय सदस्यहरुको भेला गरी अध्यक्ष बैद्यलाई संरक्षक बनाउनुपर्ने र अन्य नेताले पार्टी नेतृत्व लिनुपर्ने नयाँ प्रस्ताव अघि सारेर जानुपर्ने बताएका थिए ।

उनले अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापाको नेतृत्वबाट अब क्रान्ति अघि बढ्न नसक्ने निष्कर्ष पनि सुनाएका थिए । भेलाले चन्दको त्यस्तो प्रस्तावलाई अनुमोदन गरेपछि उनले आइतबार साँझ बसेको माओवादी पदाधिकारी बैठममै बैद्यसँग अध्यक्ष छाडी संरक्षक बसिदिन प्रस्ताव राखेको चन्द पक्षीय एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment