१९ कात्तिक, सन्धीखर्क । अर्घाखाँचीको अड्गुरी भञ्ज्याङ्गमा बुधबार विहान बसले किच्दा सहचालकको मृत्यु भएको छ ।
खिदिमको दुर्गाफाँटबाट नरपानीको घुम्टै आउदै गरेको लु १ ख ७३१६ नम्बरको बसले किच्दा ठाडा गाविस ५ का ३२ वर्षीय सहचालक कृष्णबहादुर विकको ज्यान गएको हो ।
अड्गुरी ६ भञ्ज्याङ्गमा रोकिएको बसमा ओट लगाउने क्रममा विकलाई विहान १० बजेतिर बसले किचेको थियो ।
गाडी र गाडी चालकलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4