Comments Add Comment

‘अम्बरे’ प्रचारमा नक्कली सौगात र प्रियंका(भिडियो)

shree-5-ambare
मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री ५ अम्बरे’को प्रचारमा यसका मुख्य कलाकारले त खासै ध्यान दिएका छैनन् । तर, यसको निर्माणपक्षले भने विभिन्न नयाँ तरिका अपनाएर चलचित्र प्रचार गरिरहेको छ ।
सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्कीले अभिनय गरेको चलचित्रको निर्माण यूनिटले कलाकारबाट साथ नपाएको गुनासो गर्दै आएको छ । सायद, यसैले पनि यतिबेला चलचित्र प्रचारका लागि टेलिभिजनमा कलाकार बेगरका रमाइला प्रचार सामाग्री तयार पारिएको छ ।
जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् । दीपा सानो छोरा बोकेर काठमाण्डौ बाहिर प्रचारका लागि निस्किरहदा यसका मुख्य कलाकार भने आफ्नै धुनमा मस्त देखिएका थिए ।
हालै मात्र ‘भिमफेदी गाइज’ नामक ग्रुपले चलचित्रको प्रचारका लागि एउटा भिडियो तयार पारेको छ । जसमा, चलचित्रका गीतदेखि संवाद समावेश छन् । उक्त गु्रपका कलाकारले चलचित्रकै गीतमा नृत्य तथा अभिनय गरेका छन् । सार्वजनिक भिडियोमा चलचित्र हेर्न आग्रह गरिएको छ । यो भिडियोले पनि चलचित्रको प्रचारमा नयाँपन थपेको छ । चलचित्रलाई टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment