
भोली शुक्रबारबाट देशभरका हलमा चलचित्र ‘सरी ल’ प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रचारप्रसारमा यसकी नव-नायिका अनिता आचार्य आगडि देखिएकी  छिन् । निर्देशक ऋषि लामिछाने पनि अनितालाई नै अगाडि लिएर हिडिरहेका छन् ।
निर्देशकमा नायिकाप्रतिको क्रेज धेरै नै देखिन्छ । पहिलो चलचित्र खेलेकी अनिताका लागि ऋषिले सकेको ध्यान दिएका छन् । उनी अनिता जस्ती सुन्दरी विश्वमा नै देख्दैनन् । अनितालाई ऋषिले च्याप्दा यसका अर्का कलाकार सुवास थापा केही ओझेलमा देखिएका छन् ।
अनिता ऋषिकै कारणले आफूले चलचित्र खेलेको बताउन पछि पर्दिनन् । कृष्ण महर्जनले निर्माण गरेको यो चलचित्र चलेको खण्डमा निर्देशकले नायिकालाई दिएको उच्च स्थानको पनि अर्थ रहन्छ । यदि चलचित्र चलेन भने अनिताको चलचित्र करिअरलाई सुरुवातमै धक्का लाग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4