+
+
Shares

पैसा फिर्ता नदिएको भन्दै सञ्जयदत्त बिरुद्ध एकता कपुरको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २२ गते ९:४१

sanjay
मुम्बई । अभिनेता सञ्जय दत्त अहिले जेल जीबन भोग्दैछन् । लाग्छ जेल जीवनवाट मुक्त भएपछि पनि उनले केही कानुनी झमेलाको सामना गर्नुपर्ने छ ।
निर्माता एकता कपुरले सञ्जय दत्त बिरुद्ध डेढ करोड रुपैयाँ फिर्ता नगरेको भन्दै प्रहरीमा उजुरी गरेकी छिन् ।
एकताका अनुसार सञ्जय दत्तलाई आफ्नो एक फिल्ममा काम गर्नका लागि डेढकरोड रुपैयाँ दिएकी थिइन् । तर, सञ्जयले सो फिल्ममा काम पनि नगरेको र पैसा पनि नदिएको एकताको दावी छ । जुन फिल्मको निर्माता सुनिल शेट्ठी पनि थिए ।
सुनिलको भनाइ अनुसार पैसा फिर्ता गर्नुपर्ने विषयमा सञ्जयकी श्रीमति मान्यतासँग पटक-पटक कुरा भएको थियो । तर, उनले पैसा तिर्ने विषयमा आलटाल गरिन् ।
सञ्जयले पैसा लिएको सन् २००९ मा हो । निर्देशक सञ्जय गुप्तासँग एकताले दोस्तीको हात बढाएपछि सञ्जयले एकतासँग रिसाएर फिल्म खेलेनन्, सञ्जय र एकताविच दुरी बढेकै कारण पछि फिल्म नै बनेन् । सञ्जयकै कारण फिल्म नबनेको भन्दै एकताले आफुले दिएको पैसा फिर्ता गर्नुपर्ने माग गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?