+
+
Shares

पश्चिम नेपाल बस व्यवसायी संघमा पुनः खरेल विजयी

२३ कार्तिक, बुटवल । पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षामा पुनः दधिराम खरेल निर्वाचित भएका छन् । शनिबार रातिसम्म भएको मतगणनामा निकटतम प्रतिस्पर्धी गणेशबहादुर भट्टराईलाई ४ सय ४४ मतले पराजित गर्दै खरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते १३:०१

सलमान खान

२३ कार्तिक, बुटवल ।  पश्चिम नेपाल बस व्यवसायी संघको अध्यक्षामा पुनः दधिराम खरेल निर्वाचित भएका छन् । शनिबार रातिसम्म भएको मतगणनामा निकटतम प्रतिस्पर्धी गणेशबहादुर भट्टराईलाई ४ सय ४४ मतले पराजित गर्दै खरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कुल २ हजार १ सय ४० मतदाता संख्या रहेको संघको अधिवेशनमा खरेलले १ हजार २ सय ४४ मता प्राप्त गरेका छन भने भट्टराईले ८ सय मत प्राप्त गरेको संघले जनाएको छ ।

त्यस्तै, संघको बरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद घिमिरे, उपाध्यक्षमा उपेन्द्रमान श्रेष्ठ र गोपाल बहादुर पौडेल निर्वाचत भएका छन् ।

यस्तै महासचिवमा जिवनकुमार बन्जाडे, सचिवमा रामचन्द्र भुसाल, सहसचिवमा मोहन पिएस, सुरेन्द्र श्रेष्ठ, र कोषाध्यक्षमा कुश्माखर रेग्मी निर्वाचि भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?