Comments Add Comment

नाफा : इन्भेष्टमेन्टको ४९ करोड, एनआइसी एसियाको साढे १५ करोड

२३ कात्तिक काठमाडौं । चालु आवको असोज मसान्तको वित्तीय विवरणमा नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइसी एसिया बैंक दुवैको नाफा छ प्रतिशतको दरमा बढेको छ । दुबै बैंकले आइतबार वित्तीय विवरण सार्वजानिक गरेका छन् ।

Investment-BAnkनेपाल इन्भेष्टमेन्ट

बैंकले यो असोज मसान्तमा ४९ करोड १३ लाख रुपैयाँ नाफा कमाएको छ । गत बर्ष असोजमा बैंकले ४६ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानी ३.३५ प्रतिशतले बढेर ७० करोड ४४ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी बैंकको यसअघिको २३ करोड ५७ लाख हर्जाना रकम भने फिर्ता ल्याएको छ । यो रकम गत वर्षको यसै अवधिको भन्दा ७० प्रतिशतले बढी हो ।

बैंकले बैदेशिक मुद्राको कारोबारबाट ९ करोड ८९ लाख रुपैयाँ कमाएको छ । त्यसैगरी फि कमिसनबाट आम्दानी १२ करोड ८९ लाख कमाएको छ ।  बैंकको सञ्चालन नाफा ८ प्रतिशतले घटेर ५३ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको कुल कर्जामा खराब कर्जाको अनुपात घटेर १.५५ प्रतिशत रहेको उल्लेख गरेको छ ।

गत वर्षको असोज महिनाको तुलनामा यो असोजमा बैंकको निक्षेप ५.३३ प्रतिशतले बढेर ७४ अर्ब ९४ करोड रुपैयाँ भएको छ । बैंकको कर्जा भने करिब १९ प्रतिशतले बढेर ५९ अर्ब ८१ करोड पुगेको छ । एक वर्ष्को अवधिमा बैंकलेे घरजग्गा क्षेत्रमा २६ प्रतिशतले लगानी घटाएको वित्तीय विवरणमा उल्लेख छ ।

बैंकको प्रतिसेयर आम्दानी ४१.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५६ गुणा, प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ रहेको छ ।

nic-asia-bankएनआइसी एसिया

बैंकले चालु आवको असोज मसान्तमा १५ करोड ४२ लाख रुपैयाँ नाफा गरेको छ । गत बर्षको असोज मसान्तमा बैंकले १४ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद व्याज आम्दानी १.७२ प्रतिशतले बढेर ४० करोड ७७ लाख रुपैयाँ पुगेको छ । बैंकको व्याज र व्याज आम्दानी दुवै घटेको छ ।

बैंकले यसअघि संभावित जोखिम व्यवस्थापाबप छुट्याएको १ करोड ९७ लाख रुपैयाँ फिर्ता ल्याएको छ । यसले पनि नाफा बढ्न सहयोग पुर्‍याएको हो ।

बैंकले बैदेशिक मुऽाको विनिमयबाट र्२ करोड ८३ लाख आम्दानी गरेको छ । बैंकले अन्य आम्दानी ७ करोड छकरोड ५० लाख रुपैयाँ र फि कमिसनबाट आम्दानी २ करोड ७६ लाख  कमाएको वित्रीय विवरणमा उल्लेख छ ।

गत वर्षको असोजमा २.९० प्रतिशत रहेको कुल कर्जामा खराब कर्जाको अनुपात यो असोजमा घटाएर २.६२ प्रतिशतमा सीमित गरेको छ ।

बैंकको निक्षेप २३.८५ प्रतिशतले बढेर ४६ अर्ब ८८ करोड रुपैयाँ भएको छ । बैंकको कर्जा भने करिब १७.८० प्रतिशतले बढेर ३७ अर्ब ४६ करोड पुगेको छ । बैंकको घरजग्गामा लगानी २.५३ प्रतिशतले बढेको छ र यो कुल कर्जाको ७.५५ प्रतिशत हो ।

बैंकको प्रतिसेयर आम्दानी २.६९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३० गुणा, प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment