Comments Add Comment

हुन्डाईले भित्रायो ११ सय सीसीको ‘नेक्स्ट जेनेरेसन आइटेन’

car

काठमाडौं । कोरियन गाडी उत्पादक कम्पनी हुन्डाईको एघार सय सीसी क्षमताको ‘नेक्स्ट जेनेरेसन आइटेन’ नेपाली बजारमा बिक्री सुरु भएको छ । हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त गाडी नेपाल भित्राएको हो ।

यसभन्दा अगाडी नेपालमा १२ सय सीसीमा मात्र यो मोडल उपलब्ध थियो । पेट्रोल इञ्जिनमा रहेको नयाँ मोडल दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ । कम्पनीका अनुसार नेपालमा म्यागनाको २१ लाख ५६ हजार रुपैयाँ र स्पोर्टसको २२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ ।
आकर्षक तथा नौलो डिजाइन र समकालीन विशेषतासहितको नेक्स्ट जेनेरेसन आइटेन उपभोक्तामाझ लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

नेपालमा ५ हजार ५ सयभन्दा बढी उपभोक्ता भएको हुन्डाई आइटेन उपभोक्ताले अत्याधिक रुचाउँदै आएको ह्याचब्याक गाडी हो । बीएसआइभी अनुरुप डिजाइन गरिएको इन्जिनले इन्जिन कार्यकुशलता, फ्यूल खपत, धुवाँ उत्सर्जन र प्रदर्शनमा सुधार ल्याएको दाबी गरिएको छ ।

साथै, यसमा सात इन्च टच स्क्रिन अडियो सिस्टम र ब्लुटुथजस्ता विशेषताहरु प्नि समावेश गरिएको छ । कम्पनीले यस गाडीमा नगद छुट र एक वर्षे निःशुल्क बीमाको पनि व्यवस्था गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका सहायक महाप्रबन्धक रुपेश शर्मा भट्टका अनुसार भर्खरै बिक्री सुरु गरेको नेक्स्ट जेनेरेसन आइटेनले उपभाेक्ताको विरासतालाई निरन्तरता दिनेछ । नयाँ हुन्डाई आइटेनमा स्टाइलिस रुपका साथै विभिन्न नयाँ र आधुनिक विशेषता रहेको उनको भनाई छ ।

अघिल्लो बर्ष हुन्डाई आइटेनले पाँच वर्षको समयावधिमा ५ हजार बढी गाडी बिक्री गरेर सफलता हात पारेको थियो । स्टाइल, माइलेज, परफरमेन्स, स्पेस, लो मेन्टेनेन्स र रिसेल भ्यालुमा उत्कृष्ट रहेको हुन्डाई आइटेन सबै वर्गका उपभोक्ताले रुचाएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment