२४ कात्तिक, काठमाडौं । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेनले लिग लिडर मार्सेलिएलाई पराजित गरेको छ ।
आइतबार राति भएको खेलमा पीएजीले चिरप्रतिद्वन्द्वी मार्सेलिएलाई २–० को जित हात पारेको हो । जितसँगै उसले लिगलिडरसँगको दुरी एक अंकमा झारेको छ भने अपराजित यात्रा कायमै राखेको छ ।
पीएजीको घरेलु मैदानमा भएको खेलमा जाल्टन इब्राहिमोभिच सेप्टेम्बर २१ पछि पहिलो पटक खेलिरहेका थिए ।
खेलमा पीएजीले ३८ औं मिनेटमा लुकास मौराको गोलबाट अग्रता लियो । ७८ औं मिनेटमा योहान कवेइलाई फल गरेपछि मार्सेलिएका एम्बुला रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।
खेलको ८५ औं मिनेटमा काभानीले गोल गर्दै पेरिस सेन्ट जर्मेनको जित पक्का गरे ।
जितपछि पेरिस सेन्ट जर्मेनको १३ खेलबाट २७ अंक भएको छ भने लिग लिडर मार्सेलिएको २८ अंक छ ।
प्रतिक्रिया 4