Comments Add Comment

मंगलवारका दैनिक पत्रिकामा विजनेश खबर

मंगलवार राजधानीबाट प्रकाशित भएका आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले पीडीए तथा पूर्वाधार सम्मेलका विषयलाई प्राथमिकता दिएर खबर छापेका छन् ।

कारोबार दैनिकले ‘सेटिङमा रोकियो विकास’ शीर्षकमा मुख्य खबर छापेको छ । यस्तै, दूरसञ्चारमा पहुँच ६५ प्रतिशत मात्र, सार्कमा नेपालको वित्तीय सन्तुलन राम्रो, नेप्से साढे १० अंकले घट्यो, एयर इन्डिया निजीकरणमा जानेलगायतका खबर छापेको छ ।

नागरिक दैनिकले रसुवागढी नाका दुई साताभित्र, दुई महिनाभित्र दूधकोसीमा परामर्शदाता, निगमलाई कम ब्याज, सौराहामा एकीकृत पर्यटकीय सवा केन्द्रलगायतका खबर छापेको छ ।

अन्नपूर्ण पोष्टमा ब्यापार प्रवर्द्धनमा सहकार्य, विश्व पर्यटनमा नेपालको छवि उज्यालियो, सगरमाथा र आमादब्लम हिमालको आधार शिविरमा वाइफाइलगायतका खबर छन् ।

आर्थिक दैनिकमा नबिल र एभरेष्ट बैंकद्वारा राष्ट्र बैंकको निर्देशन अवज्ञा, पूर्वपश्चिम राजमार्गको चौडाइ विस्तार गरिने, त्रिभुवन भन्सारको सुन तस्करीमा अनुसन्धान फितलो हुादै, पीडीए नरोकिने प्राधिकरण एमडीको दाबीलगायतका खबर छन् ।

aarthik-buz-25 anna-busi-25 DSC_9987 nagarik buz-25

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment