Comments Add Comment

आर्यन र अनिताको प्रेम आधा-आधा(भिडियो)

aaryana-and-anita

पौष २५ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘अलबिदा’को प्रेम गीत सार्वजनिक गरिएको छ । ताराप्रकाश लिम्बु र रजिना रिमालको स्वरमा समावेश ‘आधा आधा’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा सुकु गुरुङको शब्द, ताराप्रकाश लिम्बुको संगीत छ ।

गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र अनिता आचार्यलाई फिचरिङ गरिएको छ । चलचित्रका निर्माता समेत रहेका हसन खान पनि यसमा मुख्य भूमिकामा देखिएका छन् ।

लक्ष्मण रिजालको निर्देशनमा बनेको यो चलचित्रले हिन्दु र मुस्लिम धर्म मान्ने यूवायूवतीको कथा बोल्छ । चलचित्रमा समावेश एक्सन पाटोले चर्चा पाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment