+
+

हमजाएगालाई हेर्न सबैले पाउने

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २५ गते १७:२१

babau-wilson-and-richa
मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हमजाएगा’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । अब, यो चलचित्रलाई सबै उमेरका दर्शकले हेर्न सक्नेछन् ।

सुरेन्द्र पुनको निर्देशनमा तयार भएको यो चलचित्रलाई भोजबहादुर गुरुङले प्रस्तुत गरेका हुन् । चलचित्रमा बाबु बोगटी, विल्सन विक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन् ।

दार्जलिङका चर्चित बस चालक हमजाएगाको नाम सापटी लिएर तयार पारिएको यो चलचित्रले कमेडी कथा भनेको छ । चलचित्रमा विल्सनको कमेडी पाटोले दर्शक हसाँउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?